Matra Education आइतबार, साउन १० २०८३

टेक्सास स्कुलमा विद्यालय निर्वाचन सम्पन्न, को को भए विजयी ?

टेक्सास स्कुलमा विद्यालय निर्वाचन सम्पन्न, को को भए विजयी ?

  • मात्र एजुकेशन
  • शनिबार, असार ९ २०८१


काठमाडौँ- सिफलमा रहेको टेक्सास इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न भएको छ। शुक्रवार विद्यालय परिसरमा आयोजित भोटिङ कार्यक्रम मार्फत विद्यालयले विद्यार्थीहरूकै भोटमा आधारित रहेर विभिन्न पदमा नेतृत्व गर्ने विद्यार्थीहरूको छनोट गरेको हो।

विद्यालयले निर्वाचन मार्फत स्कुल क्याप्टेन, स्कुल भाइस–क्याप्टेन र ४ सदनको क्याप्टेन, भाइस–क्याप्टेन छनोट गरेको हो। कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास  इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले प्रयोगात्मक र व्यवहारिक ज्ञान सधैँ विद्यालयको प्राथमिकतामा पर्ने हुँदा यो कार्यक्रम त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिए। विद्यार्थीहरूले सामाजिक विषयमा पढ्दै आएको लोकतन्त्र र निर्वाचन प्रणाली बुझाउन कार्यक्रम सफल हुने उनको विश्वास थियो। विद्यार्थीहरूकै सहभागिता र मुख्य भूमिकामा निर्वाचनका सबै प्रक्रिया सम्पन्न भएको हो।

कार्यक्रम संयोजक तथा विद्यालयका एकेडेमिक कोअर्डिनेटर अपूर्व सुवेदीका अनुसार निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १० मा अध्ययनरत क्षितिज पोखरेल निर्वाचित भएका छन् भने स्कुल भाइस–क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत काजोल पोखरेल विजयी भएका छन् । त्यस्तै ४ सदनको क्याप्टेन र भाइस-क्याप्टेनको लागि ब्लु हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत ईशान तिमल्सिना र भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत आर्या श्रेष्ठ विजयी भएकी छिन् । ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत सुजेन संगत विजयी हुँदा भाइस–क्याप्टेनको पद लिन निर्जल अधिकारी सफल भएका छन्। रेड हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत रुपेश तिवारी विजयी भएका छन् भने भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत तोसिना शाह विजयी भएकी छिन् । यस्तै एल्लो हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत रिशब राज यादव  र भाइस–क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत प्रत्युषा रावल  विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड