काठमाडौँ- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ। हाल उत्तरपुस्तिका परीक्षण र अंक चढाउने काम सकिएको र बाँकी काम पनि बोर्डको कार्ययोजना अनुसार भइरहेकाले उक्त समयमा नतिजा निकाल्ने तयारी भइरहेको बोर्डले जनाएको छ।
नतिजा प्रकाशन बारे बोर्डको तयारी बारे जानकारी दिँदै परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ‘हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ’।
यस वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ। यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ ।