काठमाडौँ- नेपाल सरकारले अब जुनसुकै विषय पढेकालाई पनि अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्ने भएको छ । शिक्षक अभाव हुँदै गएपछि शिक्षा नियमावली २०५९ संशोधन गरेर शिक्षा बाहेक अन्य विषय पढेकालाई पनि शिक्षण पेसामा प्रवेश गर्न दिने तयारी सरकारले गरेको हो।
यस अघि शिक्षा विषय पढेकालाई मात्रै लाइसेन्स परीक्षामा सहभागी गराइने गरेको भए पनि हाल भने अन्य विषय पढेकालाई पनि स सर्त लाइसेन्स दिने गरिएको छ। यस्तो अनुमति पत्र प्राप्त गर्नेहरूले तोकिएको समयभित्रमा एजुकेसनको डिग्री लिनुपर्ने सर्त राखिएको हुन्छ।
सरकारले यस्तो तयारी गरिरहँदा सरोकारवालाहरूले भने शिक्षा भन्दा बाहेक अन्य विषय पढेकाले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने भन्दै विरोध गरिरहेका छन्।