Matra Education आइतबार, साउन १० २०८३

पशुपति मित्र मा. वि. स्रोतकेन्द्रस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पशुपति मित्र मा. वि. स्रोतकेन्द्रस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ २४ २०८१


काठमाडौँ- विश्व वातावरण दिवसको उपलक्ष्यमा काठमाडौँ महानगरपालिका शिक्षा विभाग, पशुपति मित्र मा. वि. स्रोतकेन्द्र, चाबहिलद्वारा आयोजित स्रोतकेन्द्रस्तरीय चित्रकला प्रतियोगिताको सम्पन्न भएको छ । रिभेरा इन्टरनेसनल एकेडेमी मैजुबहाल, चाबहिलले प्रायोजन गरेको उक्त प्रतियोगितामा पशुपति मित्र मा. वि. स्रोतकेन्द्र अन्तरगतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयले भाग लिएका थिए। उक्त प्रतियोगितामा महान् सिद्धार्थ हाइस्कुलका प्रताप तामाङ प्रथम, मोक्षदा स्कुलकी तपस्या खतिवडा द्वितीय तथा सिफल स्कुलकी प्रसिद्धि डंगोल तृतीय भएकी थिइन् । त्यसैगरी सेन्ट लरेन्स स्कुलकी क्रिस्टिना खड्का तथा श्रम राष्ट्रिय माविका हिमेश सुनुवारले सान्त्वना स्थान प्राप्त गरेका थिए।

उक्त कार्यक्रम पशुपति मित्र मा. वि. स्रोत केन्द्रका स्रोत शिक्षक योग्यराज प्रसाईँको अध्यक्षता एवं काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाको प्रमुख अतथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि तथा अतिथिहरूले गमलामा रहेको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा पशुपति मित्र मा. वि. चाबहिलका प्रधानाध्यापक चन्द्रकान्त पण्डित, काठमाडौँ महानगर प्याब्सनका उपाध्यक्ष तथा जगतमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन आचार्य, महान् सिद्धार्थ हाइ स्कुलका प्रधानाध्यापक बाबुराम के. सी., समाजसेवी टंक बहादुर श्रेष्ठ तथा रिभेरा इन्टरनेसनल एकेडेमीका अध्यक्ष नरेन्द्र भट्टराईको आतिथ्य रहेको थियो। प्रतियोगितामा निर्णायकको भूमिका चित्रकला विशेषज्ञहरू प्रकाश मिजार तथा शिव कुमार शर्माले गरेका थिए। कार्यक्रममा रिभेरा इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक प्रज्वल कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ शिक्षक राम प्रसाद निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड