Matra Education आइतबार, साउन १० २०८३

‘युनाइटेड फियस्टा’ २०८१ जेठ ३१ गते आयोजना हुने

‘युनाइटेड फियस्टा’ २०८१ जेठ ३१ गते आयोजना हुने

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ २२ २०८१


काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीले ‘युनाइटेड फियस्टा’ २०८१ आयोजना गर्ने भएको छ। आगामी जेठ ३१ गते खाना, सङ्गीत र मनोरञ्जनको संयोजन गरेर उक्त पर्व आयोजना गर्न लगिएको हो। कार्यक्रममा प्रख्यात कलाकारहरू सुशान्त घिमिरे (सुशान्त र राग) सहित उनको र बिजेनको प्रस्तुति रहने छ। यो कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने आयोजकको दाबी छ।

बिहान १० बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रम युनाइटेड एकेडेमीको आफ्नै परिसरमा आयोजना हुनेछ। सहभागीताका लागि खल्ती एप बाट रु ३५० तिरेर टिकेट लिन सकिने व्यवस्था आयोजकले मिलाएको छ। तर यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूले भने निःशुल्क प्रवेश कार्यक्रममा पाउनेछन्। त्यसका लागि उनीहरूले दिइएको लिङ्कमा रहेको गुगल फर्म भरेर अग्रिम नाम दर्ता गराउनुपर्नेछ। फारम यहाँ क्लिक गरेर पनि भर्न सकिन्छ।

कार्यक्रम बारे मात्र एजुकेसन सँग कुरा गर्दै युनाइटेड एकेडेमी डिजिटल मार्केटिङ विभागकी सहायक प्रबन्धक श्वेता महर्जनले सबैका लागि सङ्गीत, खाना र रमाइलोले भरिएको ‘युनाइटेड फियस्टा’ को आयोजना गर्न पाउँदा आफूहरू उत्साहित भएको बताइन्। उनले अगाडी थपिन्, “यो कार्यक्रम समुदायलाई फिर्ता दिने र प्रतिभाशाली कलाकारहरूलाई उनीहरूको सीप प्रदर्शन गर्नको लागि एक प्लेटफर्म प्रदान गर्ने हाम्रो तरिका हो। हामी सबैलाई उत्सव र मनोरञ्जनको यो विशेष माहौलमा सहभागी हुन आमन्त्रित गर्दछौँ।”

ललितपुरकै प्रतिष्ठित युनाइटेड एकेडेमी ग्रुप द्वारा सञ्चालित युनाइटेड एकेडेमी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र समग्र विकासका अवसरहरू प्रदान गर्न समर्पित एक अग्रणी शैक्षिक संस्था हो। यस एकेडेमीले प्लस तु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन सङ्कायमा अध्यापन गराउँदै आएको छ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर एकेडेमीको इन्स्टाग्राम ह्यान्डल सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड