काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा निर्देशिका सार्वजनिक गरेको छ । आइतबार शिक्षा मन्त्री सुमना श्रेष्ठले स्वीकृत गरेको निर्देशिका सोमबार सार्वजनिक भएको हो। शिक्षक सरुवाका सम्बन्धमा आएका विभिन्न गुनासो र समस्या समाधानका लागि मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिका आए सँगै अब सरुवाका लागि विभिन्न ठाउँ धाउनुपर्ने शिक्षकहरूको बाध्यताको अन्त्य भएको छ।
निर्देशिका जारी भए सँगै मन्त्रालयले निर्देशिकामा भएको व्यवस्था अनुसार शिक्षक सरुवा गर्न भन्दै सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको छ। यसअघि सरुवाका नाममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेको थियो। अब भने सरुवाका लागि सहमति दिँदा कुनै आर्थिक लेनदेन भएको पाइएमा दुबैलाई प्रचलित नेपाल कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।
निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।