Matra Education आइतबार, साउन १० २०८३

बागमती प्रदेश सरकारको बजेटमा शिक्षालाई उच्च प्राथमिकता

बागमती प्रदेश सरकारको बजेटमा शिक्षालाई उच्च प्राथमिकता

  • मात्र एजुकेशन
  • आइतबार, जेष्ठ १३ २०८१


काठमाडौँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा शिक्षालाई उच्च प्राथमिकतामा राखेको छ। आगामी जेठ १४ गते सार्वजनिक हुने प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिए। उनका अनुसार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् बैठकमा सार्वजनिक गर्ने तयारी रहेको छ।

शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा सार्वजनिक विश्व विद्यालय स्थापना गरेर अघि बढ्ने सरकारको योजना रहेको मुख्यमन्त्री जमरकट्टेलको भनाई छ । शिक्षाको नीति अनुकूल आयोजना निर्माणमा सरकारले काम गरिरहेको उनले बताए । उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेकाले विश्व विद्यालय स्थापनामा सरकार अघि बढेको मुख्यमन्त्री जमरकट्टेलले बताए । उनका अनुसार प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय मर्जर गरी प्राविधिक शिक्षामा जोड दिने योजनामा रहेको छ। त्यस्तै शिक्षा क्षेत्रमा गुणात्मक उपलब्धि निकाल्न पाठ्यक्रम र परीक्षा प्रणाली परिमार्जन गरी आवासीय मोडलमा विद्यालय शिक्षाको विकास गर्ने सरकारको योजना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड