काठमाडौँ- सरकारले आज संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत शिक्षाशास्त्र बाहेक अन्य विषय पढेकालाई पनि शिक्षक बन्न दिने तयारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमको बुँदा न १५१ मा शिक्षाशास्त्र सङ्काय बाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिमप्राप्त जनशक्तिलाई शिक्षक सेवामा प्रवेश गर्न पाउने व्यवस्था गरिनेछ भन्ने उल्लेख छ।
त्यस्तै सरकारले शिक्षा सम्बन्धी अन्य योजनामा विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने देखि दिवा खाजा कार्यक्रममा परिमार्जन गर्ने, सामुदायिक विद्यालयमा “करिअर काउन्सेलिङ कार्यक्रम” गर्ने र शिक्षकलाई मासिक पारिश्रमिक दिने लगायतका महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ।
नीति तथा कार्यक्रममा समावेश शिक्षाका अन्य योजनाहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।