Matra Education आइतबार, साउन १० २०८३

रोबर्टिक्सको क्षेत्रमा रिलायन्स पब्लिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

रोबर्टिक्सको क्षेत्रमा रिलायन्स पब्लिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख २६ २०८१


काठमाडौँ- कपन स्थित रिलायन्स पब्लिक स्कुलले रोबर्टिक्सको क्षेत्रमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। दुबईमा आयोजित कोडाभोर ५.० नामक प्रतियोगितामा विद्यालयले प्रस्तुत गरेको ग्रिन सिटी रोबो प्रोजेक्ट’ ले सान्त्वना पुरस्कार प्राप्त गरेको हो। विभिन्न देशका २३ वटा विद्यालयहरू सहभागी रहेको उक्त प्रतियोगितामा रिलायन्सका विद्यार्थीहरूले तीन वटा नवीन परियोजनाहरू प्रस्तुत गरेका थिए।

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि रिलायन्स पब्लिकका प्रधानाध्यापक वसन्तलाल लामिछानेको नेतृत्वमा १० जना विद्यार्थी सहितको टोली गत वैशाख २१ गते दुबई प्रस्थान गरेको थियो। दुबई जानू अघि रिलायन्स पब्लिकका विद्यार्थीहरू निमा एकेडेमीले आयोजना गरेको राष्ट्रिय स्तरको कोडाभर ५.० प्रतियोगितामा सहभागी भएर विजयी भएका थिए।

रिलायन्स पब्लिकले प्रस्तुत गरेको रोबर्टिक्स परियोजनाहरूको निर्माण विद्यालयको कम्प्युटर विभागका प्रमुख इन्जिनियर वीरेन्द्र मानन्धरले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड