Matra Education आइतबार, साउन १० २०८३

काठमाडौँ महानगरले सच्चायो आफ्नै सूचना, आज महानगरका विद्यालयमा पनि सार्वजनिक बिदा

काठमाडौँ महानगरले सच्चायो आफ्नै सूचना, आज महानगरका विद्यालयमा पनि सार्वजनिक बिदा

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख २४ २०८१


काठमाडौँ- काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश सरकारले बिदा दिएको भए पनि महानगरका विद्यालय खुला राख्नु भन्ने आफ्नै निर्देशन बाट महानगर अर्को सूचना जारी गर्दै पछि हटेपछि विद्यालयहरू पनि बन्द हुने भएका हुन्।

यसअघि बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा वि.सं. २०८१ साल वैशाख २४ गते सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। महानगर शिक्षा विभागले भने बिदा नहुने भन्दै विद्यालय खोल्न भनेको थियो।

त्यसको केही समयमै अर्को सूचना जारी गर्दै महानगर शिक्षा विभागले बिदा दिन भनेको हो। सूचनामा लेखिएको छ, “बागमती प्रदेश शिक्षा विकास निर्देशनालय समेतबाट विद्यालयहरूमा बिदा नहुने भनी मौखिक जानकारी प्राप्त भएकाले विद्यालयहरू सञ्चालन गर्नु/गराउनु हुन भनी यस अघि जानकारी गराइएकामा बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०१/१२ को निर्णय समेतका आधारमा मिति २०८१/०१/२४ गते महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा भएको ब्यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ ।”

दुवै सूचना महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जारी गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड