Matra Education आइतबार, साउन १० २०८३

बालमैत्री प्रतिष्ठानले सम्पन्न गर्‍यो अभिभावक प्रशिक्षण कार्यक्रम

बालमैत्री प्रतिष्ठानले सम्पन्न गर्‍यो अभिभावक प्रशिक्षण कार्यक्रम

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख १६ २०८१


काठमाडौँ- बालमैत्री प्रतिष्ठान मन्टेश्वरी स्कुल एन्ड डे केयर सेन्टरले अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शनिवार हरिसिद्धि स्थित विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच विद्यालयले असल अभिभावक बन्ने बारे आफ्ना अभिभावकहरूलाई प्रशिक्षित गरेको हो। कार्यक्रम बाट १०० भन्दा बढी अभिभावकहरूले लाभ लिएको आयोजकले जनाएको छ।

प्रशिक्षण कार्यक्रममा उपस्थित अभिभावकहरूलाई ‘सर्टिफाईड एन.एल.पि ट्रेनर एन्ड पर्फर्मेन्स कोच’ जोस बि निरौलाले प्रशिक्षित गरेका थिए। उनले अभिभावकहरूले घरमा कसरी आफ्ना बालबालिकाहरूलाई हुर्काउने, उनीहरू सँग कस्तो व्यवहार गर्ने, समय व्यवस्थापन कसरी गर्ने, उनीहरूको शिक्षण सिकाइमा कसरी योगदान गर्ने, संस्कार संस्कृति कसरी सिकाउने र बल मनोविज्ञान अनुसारको व्यवहार कसरी गर्ने लगायत विषयमा करिब ३ घण्टा प्रस्तुति दिएका थिए। सामान्य लागेको विषयवस्तुमा गम्भीर ज्ञान पाएपछि सहभागी अभिभावकहरू उत्साहित देखिन्थे।

कार्यक्रमले शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकलाई सजग बनाउँदै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउन मद्दत गरेको विश्वास आयोजकको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड