Matra Education आइतबार, साउन १० २०८३

साउथवेस्टर्न स्कुल: गुणस्तरीय शिक्षाको पर्याय

साउथवेस्टर्न स्कुल: गुणस्तरीय शिक्षाको पर्याय

  • मात्र एजुकेशन
  • शनिबार, बैशाख १५ २०८१


काठमाडौँ- यतिबेला नयाँ शैक्षिक सत्र सुरु भएको छ र अभिभावकहरू धमाधम आफ्ना बालबालिकाहरूका लागि उपयुक्त शैक्षिक संस्था छनोट गर्ने क्रममा रहेका छन्। विद्यालय छनोट गर्दा बालबालिकाको व्यक्तित्व विकास हुने, उनीहरूले अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न सक्ने र सुनिश्चित भविष्यको मार्गचित्र कोर्नसक्ने किसिमको विद्यालय छान्न सकियोस् भन्ने अभिभावकहरूको चाहना हुन्छ। यस्तो गर्न सकिए मात्रै उनीहरूले गरेको लगानी खेर नजाने र बालबालिकाको उज्ज्वल भविष्य निर्माण हुने हुन्छ। त्यसैले आज हामी यो सामग्री मार्फत देशकै उत्कृष्ट विद्यालयहरू मध्ये एक ‘साउथवेस्टर्न स्कुल’ बारे जानकारी दिँदै छौँ।

वि सं २०६१ सालमा वसुन्धरामा स्थापित साउथवेस्टर्न स्कुल आज शैक्षिक क्षेत्रमा एउटा विश्वासिलो नाम बनेको छ। ३७५ जना विद्यार्थीबाट सुरु भएको यो विद्यालयमा आज ११०० विद्यार्थी अध्ययनरत रहेका छन्। त्यस्तै पीजीदेखि पिएचडीसम्म कक्षा सञ्चालन भइरहेको साउथवेस्टर्न ग्रुपअन्तर्गत अहिले ४२०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेर आएको व्यवस्थापनले आजको विश्व परिवेश सुहाउँदो शिक्षा दिएकै कारण यो सफलता हासिल गरेको हो। त्यसैले त साउथवेस्टर्न स्कुल आज हजारौँ विद्यार्थीको भविष्य निर्माणको आधार बनेको छ।

विश्वस्तरीय भौतिक पूर्वाधार सहितको साउथवेस्टर्न स्कुलले आफ्ना विद्यार्थीमा भएको प्रतिभा पहिचान र विकास, विभिन्न परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा र संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै आएको छ। सोहीकारण विद्यालयले विभिन्न तहका परीक्षाहरूमा हालसम्म सधैँ प्रशंसनीय नतिजा हात पारेको छ। त्यस्तै खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका हरेक राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा साउथवेस्टर्नले आफूलाई अब्बल साबित गरेको छ। यो विद्यालयमा आधुनिक शिक्षा लिने हरेक बालबालिकाहरूले सँगसँगै हाम्रा संस्कार, संस्कृति र मूल्यमान्यताहरू बारे बहुमूल्य ज्ञान प्राप्त गर्ने गरेका छन्।

विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्बन गरिएको यस विद्यालयमा हरेक विद्यार्थीले आफूमा रहेको रुचि, चाहना र क्षमता अनुसार प्रतिभा प्रस्फुटनको अवसर पाउँछन्। त्यसका लागि विद्यालयले विभिन्न क्लबहरू गठन गर्ने गरेको छ। यस्ता क्लबहरूले अतिरिक्त क्रियाकलाप तथा विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्छन्। हाल ‘डान्स क्लब, म्युजिक क्लब, एक्टिङ क्लब, भोकल क्लब,पब्लिक स्पिकिङ क्लब आदि सञ्चालनमा रहेका छन् भने आइसिटी क्लब र रोबर्टिक्स क्लब’ छिटै सञ्चालनमा ल्याउने विद्यालयको तयारी छ। यस्ता क्लबहरूले विद्यार्थीहरूमा क्षमता विकास गर्न र आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालय प्रशासन बताउँछ।

साउथवेस्टर्न स्कुल ‘प्रोग्रेसिभ स्कुल’ को अवधारणामा अगाडी बढिरहेको प्रधानाध्यापक रमेश अधिकारीको भनाई छ। पाठ्यक्रमले निर्दिष्ट गरेका क्रियाकलापहरूका अतिरिक्त पनि अन्य विभिन्न क्रियाकलापहरू गराएर शिक्षण सिकाई सञ्चालन गर्ने गरिएको उनी बताउँछन्। मात्र एजुकेसन सँगको संवादमा उनी अगाडी भन्छन्, “पाठ्यक्रममा रहेको कुरालाई व्यवहारिक रूपमा बुझाउन हामीले शैक्षिक भ्रमण लाने गरेका छौँ। यस्तो भ्रमण जाँदा विद्यार्थीहरूले सिकेको कुरालाई स्कुलमा परियोजना बनाएर प्रस्तुत गर्ने, रिपोर्ट बनाउने लगायतका काम गर्छन्। यस्ता गतिविधिहरू बाट उनीहरूलाई किताबी ज्ञानसँगै बाहिरी दुनियाँ बारे जानकारी मिल्छ। सँगै अन्तर्राष्ट्रिय भाषाको ज्ञान होस् भनेर हामीले जापानी भाषाको अध्यापनलाई पनि सँगै लागेका छौँ।”

अधिकारीका अनुसार नियमित अध्यापनका अतिरिक्त विद्यार्थीलाई नैतिक शिक्षा कसरी अवलम्बन गर्ने ? सकारात्मक सोचको विकास कसरी गर्ने ? असल नागरिक कसरी बन्ने ? व्यक्तित्व विकास कसरी गर्ने ? समय व्यवस्थापन कसरी गर्ने ? क्षमतावान् कसरी बन्ने ? परीक्षामा राम्रो परिणाम कसरी निकाल्ने ? चुनौतीसँग कसरी लड्ने भन्ने विषयमा प्रशिक्षण दिई विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न साउथवेस्टर्न प्रयत्नशील छ।

यसका अलावा अनुभवी, दक्ष र प्रविधिमैत्री शिक्षक, आइटीमैत्री कक्षाकोठा, प्रयोगात्मक ज्ञान लिनका लागि ल्याब, अध्ययनका लागि सुविधा सम्पन्न लाइब्रेरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तालिम प्रदान, प्रयोगात्मक र सिपमूलक सिकाई आदि साउथवेस्टर्न स्कुलका विशेषताहरू हुन्। यिनै विशेषताहरू सहित निरन्तरको मेहनत र उत्कृष्ट शैक्षिक वातावरण प्रदान गरेका कारण यहाँ अध्ययन गरेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, सिए, निजामती, प्रहरी, सेना लगायतका क्षेत्रमा विशिष्ट पदमा कार्यरत छन् । त्यस्तै मेडिकल फिल्डका साथै विभिन्न प्रकारका छात्रवृत्ति, चार्टर्ड एकाउन्टेन्ट, पत्रकारिता जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा अध्ययनका लागि यहाँका विद्यार्थीले अवसर पाउँदै आएका छन्।

यति धेरै सुविधा भएको र राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेको विद्यालय महँगो होला भन्ने जिज्ञासा हुनसक्छ। तर प्रधानाध्यापक अधिकारी भने साउथवेस्टर्नले सुलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्छन्। उनी भन्छन्, “बाहिर बाट हेर्दा तपाईँलाई जस्तै अरूलाई पनि लागेको हुन सक्छ। कतिपय अभिभावक आउनुहुन्छ, स्कुलको विषयमा बुझेपछि बाहिर देखे, सुनेजस्तो बढी शुल्क लिएको चाहिँ होइन रहेछ, यति धेरै सेवा सुविधा दिएर पनि कम शुल्कमा पढाएको रहेछ भन्दै फर्कनुहुन्छ।” उनका अनुसार विद्यालयले २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा भिज्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर सोहीअनुरूपको शिक्षा दिँदै आएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त विभिन्न अवार्ड तथा सम्मानहरूले पनि साउथ वेस्टर्नलाई अन्य विद्यालयहरू भन्दा पृथक् बनाउँछ। साउथवेस्टर्न स्कुलले सात वटा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ भने स्कुलका प्रधानाध्यापक अधिकारीले चार वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । उनले ‘नेपाल एजुकेसनल अवार्ड जापान –२०२३’ अन्तर्गत ‘स्कुल एजुकेसनल लिडर अफ द इयरः २०२३’ , अमेरिकाको न्यु जर्सीबाट प्रदान गरिने ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’, सन् २०२२ मा ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘एसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ र ‘ग्लोबल स्कुल अवार्ड’ अन्तर्गत ‘बेस्ट प्रिन्सिपल २०२०’ प्राप्त गरेका छन्।

यी विविध कारणहरूले गर्दा साउथवेस्टर्न स्कुलले आफूलाई गुणस्तरीय शिक्षाको पर्यायका रूपमा स्थापित गराउन सफल भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड