Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको ट्रेड युनियन अधिकार खोस्न खोजे शिक्षामन्त्रीको कुर्सी लड्न सक्छ: महासचिव सुवेदी

शिक्षकको ट्रेड युनियन अधिकार खोस्न खोजे शिक्षामन्त्रीको कुर्सी लड्न सक्छ: महासचिव सुवेदी

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख ११ २०८१


काठमाडौँ- नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिसोर सुवेदीले शिक्षकको ट्रेड युनियन अधिकार खोस्न खोजे शिक्षामन्त्रीको कुर्सी लड्न सक्ने बताएका छन्। हिजो सोमबार सुरु भएको महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सुवेदीले अहिलेकी शिक्षामन्त्री सँग राजनीतिमा कम अनुभव भएकाले ट्रेड युनियन माथि हमला गर्न लागेको उल्लेख गर्दै यस्तो चेतावनी दिएका हुन्।

शिक्षकको पेसागत संस्थाको तागतको अनुमान मन्त्री श्रेष्ठलाई नभएको भन्दै उनले अगाडी भने, “शासक र नेतृत्वमा रहने मध्ये शिक्षकहरूलाई जसले जिस्क्याएको छ, उसको पतन भएको छ । त्यो कथा नदोहोरिओस्। म माननीय मन्त्री ज्यूलाई सचेत गराउन चाहन्छु । कथित पञ्चायत कालमा व्यवस्था विरोध भएका कारण कारबाही गर्ने भनिए जस्तै समावेशी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा त्यही पञ्चायतको झल्को दिने गरी मन्त्रालयबाट निर्देशनहरू जारी हुन थालेको छ । त्यस्ता निर्देशन दिनेहरूलाई हामी चुनौती दिन चाहन्छौ । एक जना शिक्षकलाई छोएर हेर हामी हाम्रो तागत देखाइ दिन्छौ । अनि त्यसपछि थाहा हुनेछ, ट्रेड युनियनसँग जिस्कियो भने अरिङ्गाल र अजिङ्गर सँग जिस्कनु सरह हुन्छ ।”

सुवेदीले मन्त्री श्रेष्ठले अहिले आम नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूलाई जिस्क्याइरहेको भन्दै यस्तो कदम बन्द नगरे त्यसले दोस्रो असोज उब्जाउन सक्ने र त्यसो भएमा त्यो हावाले शिक्षा मन्त्रालयको कुर्सी लडाउन सक्ने चेतावनी दिए । उनले शिक्षकहरूले नेपालको संविधानको धारा १८ ले दिएको वैचारिक अधिकार प्रयोग गरेको हेक्का राख्दा पनि मन्त्री श्रेष्ठलाई अनुरोध गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड