Matra Education आइतबार, साउन १० २०८३

एक महिनाको शुल्क भन्दा बढी भर्ना शुल्क लिने संस्थागत विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

एक महिनाको शुल्क भन्दा बढी भर्ना शुल्क लिने संस्थागत विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख ७ २०८१


काठमाडौँ- काठमाडौँ महानगरपालिका शिक्षा विभागले एक महिनाको शुल्क भन्दा बढी भर्ना शुल्क लिने संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै विभागले महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५ काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को दफा (४२.६ मा विद्यार्थी भर्ना शुल्क प्रति महिना निर्धारण भएको विद्यार्थी शुल्कको १ महिनाको भन्दा बढी लिन पाइने छैन भन्ने व्यवस्था भएको हुँदा सोही अनुसार गर्न निर्देश गरेको हो।

सूचनामा महानगरले काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले. विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले त्यसरी शुल्क नलिन र लिइसकेको भए सम्बन्धित अभिभावकलाई फिर्ता गर्न अनुरोध गरेको छ। त्यस्तै कुनै कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन नहुने पनि महानगरको सूचनामा उल्लेख छ।

सूचना अनुसार काठमाडौँ महानगरपालिकाबाट अनुगमनको क्रममा प्रचलित ऐन, कानुन, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको पाइएमा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा ऐन, २०७५, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित ऐन नियम बमोजिम कारबाही हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड