Matra Education आइतबार, साउन १० २०८३

अपेन फन कार्निभल सिजन २ भव्यताका साथ सम्पन्न

अपेन फन कार्निभल सिजन २ भव्यताका साथ सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र १२ २०८०


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा ‘अपेन फन कार्निभल सिजन २’ भव्यताका साथ सम्पन्न भएको छ। शनिबार नेसनल ब्लुमिङ फ्लावर एकेडेमीमा आयोजित उक्त मेला २००० भन्दा बढी प्रि स्कुल पढ्ने बालबालिकाहरू तथा तिनका अभिभावकहरूको सहभागितामा सम्पन्न भएको हो। प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूलाई खेलकुद तथा खानाका स्टलहरू मार्फत मनोरञ्जन प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको अपेन बुढानीलकण्ठ नगर कमिटीले जनाएको छ।

अपेन बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष राजकुमार घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह विशेष अतिथि रहेको कार्यक्रममा विभिन्न संस्थाहरूको प्रतिनिधित्व गर्दै अतिथिहरू उपस्थित थिए। कार्यक्रममा अपेन बुढानीलकण्ठमा आबद्ध विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बालबालिकाले रुचाएका विभिन्न खेलहरू तथा खानाका स्टलहरू राखिएको हुँदा आगन्तुकहरूको उत्साहजनक सहभागितामा अपेन फन कार्निभल सिजन २ सम्पन्न भएको अपेन बुढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनोद थापाले मात्र एजुकेसनलाई बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड