काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको चार जिल्लाको अन्तरवार्ता सहितको नतिजा प्रकाशित गरेको छ।
मंगलबार साँझ एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि मिति २०८०/११/२० गतेदेखि सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता, समेतको प्राप्ताङ्कको आधारमा कालिकोट, नवलपरासी पश्चिम, दाङ र गोरखा जिल्लाहरूमा नियुक्ति सिफारिसका लागि छनोट भएका उम्मेदवारहरूको योग्यता क्रम सहितको नतिजा मिति २०८०/१२/०६ गतेको निर्णय अनुसार प्रकाशित गरिएको जनाएको हो ।
साथै अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने पनि सूचनामा उल्लेख छ। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।