काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ७/८०/८१ को प्राथमिक तह द्वितीय श्रेणी शिक्षक बढुवा पदको लागि मिति २०८०/०८/०९ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा विभिन्न जिल्लाबाट सम्मिलित उम्मेदवारहरूमध्ये रोल नम्बरको क्रममा सफल उम्मेदवारहरूलाई अन्तर्वार्ताको लागि छनोट गरिएको जनाएको हो ।
आयोगको मिति २०८०/११/२१ गतेको निर्णय अनुसार सूचना प्रकाशित गरिएको हो। यहाँ क्लिक गरेर सफल उम्मेदवारहरूको सुची हेर्न सकिन्छ।