Matra Education आइतबार, साउन १० २०८३

साउथ वेस्टर्न फन फेस्टिभल २०२४ सम्पन्न 

साउथ वेस्टर्न फन फेस्टिभल २०२४ सम्पन्न 

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन २० २०८०


काठमाडौँ- वसुन्धरामा रहेको साउथ वेस्टर्न स्कुलको आयोजनामा साउथ वेस्टर्न फन फेस्टिभल २०२४ सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित उक्त मेला विद्यार्थी तथा अभिभावकहरूको भव्य उपस्थितिमा सम्पन्न भएको हो।

आफ्ना विद्यार्थीहरूको रुचिको क्रियाकलापहरू समावेश गरेर फन फेस्टिभललाई मनोरञ्जनले भरिपूर्ण बनाउने काम विद्यालयले गरेको थियो। कार्यक्रममा कुनै मेला महोत्सवमा बालबालिकाले खेल्न मन पराउने खेलहरू देखि खान मन पराउने परिकारहरू सम्मको सम्मिश्रण राखिएको थियो।  त्यस्तै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई अझै विशेष र रोमाञ्चक बनाएको थियो।

फन फेस्टिभलमा थरीथरीका खानाका स्टलहरू, विभिन्न खेलहरू सहितको गेम कर्नर, ड्रोन रेस, जिप्लाइन, फेस पेन्टिङ, थ्रिडी पेन्टिङ, एआर/भिआर, डिस्को, बिङ्गो, भुत घर, जादु, प्रत्यक्ष दोहोरी लगायतका आकर्षणहरू राखिएको थियो।

कार्यक्रमलाई चर्चित कलाकारहरू दोहोरी गायक रविन लामिछाने, गायक सुरेश बानियाँ, दोहोरी गायिका इब्सल सन्ज्याल, दोहोरी गायक नमराज काप्री, दोहोरी गायिका संगीता बडुवाल र जादुगर अमिस उपरकोटीले आफ्नो प्रस्तुति मार्फत साथ दिएका थिए। त्यस्तै चलचित्र महाजात्राको टोलीले पनि कार्यक्रममा आफ्नो विशेष प्रस्तुति राखेको थियो।

विद्यालय छुट्टीको दिन पनि सुन्दर कार्यक्रम राखेर विद्यालयले आफ्ना छोराछोरीको मुहारमा खुसी ल्याइदिएको भन्दै अभिभावकहरू प्रफुल्लित देखिन्थे। त्यस्तै आफ्नै अगाडी चर्चित कलाकारहरूको प्रस्तुति प्रत्यक्ष हेर्न पाउँदा उनीहरूको उत्साह अझै बढेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड