काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले पुनर्योग परीक्षाको नतिजा प्रकाशन गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले २०८०/१०/२१ देखि २०८०/११/०७ सम्म प्रकाशित प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विभिन्न जिल्लाका उम्मेदवारहरूको नतिजा पुनर्योग गरिएको र पाँचथर जिल्लाका एक जना उम्मेदवार बाहेक अन्य उम्मेदवारहरूको हकमा साबिकको नतिजामा कुनै फेरबदल नभएको जनाएको हो।
आयोगको मिति २०८०/११/१५ गतेको निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो।
