काठमाडौँ- कपन भंगाल स्थित भ्याली पब्लिक स्कुलले एक दिने बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ। आइतबार विद्यालय परिसरमा आयोजित मेला विद्यार्थी तथा अभिभावकहरूको भव्य उपस्थितिमा सम्पन्न भएको हो।
विद्यार्थीहरूले वर्ष भरि सिकेको कुराहरू उनीहरूका अभिभावकलाई देखाउने र सिकाइमा नवीन प्रयोग गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको भ्याली पब्लिकले जनाएको छ। प्रदर्शनीमा प्रत्येक विषयका छुट्टाछुट्टै स्टल राखिएको थियो भने खानाको स्टल, बैंकको स्टल, फेस पेन्टिङ, स्वास्थ्य जाँच स्टल, संगीत, नृत्य, अर्केस्ट्रा आदि प्रदर्शनीको आकर्षणका रूपमा रहेका थिए। प्रदर्शनीमा विभिन्न किसिमका ८१ वटा स्टलहरू राखिएको थियो।
मात्र एजुकेसन सँग कुरा गर्दै भ्याली पब्लिकका प्रधानाध्यापक कृष्ण अधिकारीले बालबालिकाको सर्वपक्षीय विकासका लागि २१ औँ शताब्दीको ज्ञान प्रदान गर्ने लक्ष्य भ्याली पब्लिकले राखेको बताए। उनले विद्यार्थीहरूको सिर्जनात्मकता र आत्मविश्वास देखाउने अवसरका रूपमा विद्यालयले प्रदर्शनी राखेको उल्लेख गरे। अबको शिक्षा बजार सँग जोडिन सक्नुपर्छ र जीवनोपयोगी, सिपमूलक हुनुपर्छ भन्ने विश्वासका साथ विद्यालय अघि बढिरहेको उनको भनाई थियो।
आफ्ना बालबालिकाको विभिन्न प्रतिभा तथा क्षमता देखेर अभिभावकहरू दंग देखिन्थे। यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सकिन्छ।
https://www.facebook.com/matraeducation/videos/591809073163450/