Matra Education आइतबार, साउन १० २०८३

यी १८ जना मध्ये को बन्ला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति ?

यी १८ जना मध्ये को बन्ला पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति ?

  • मात्र एजुकेशन
  • बुधबार, फाल्गुन ९ २०८०


काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपति हुनका लागि खुला प्रक्रियाबाट आवेदन दिएका आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। बुधवार प्रकाशित नामावली सहितको सूचना अनुसार कुल १८ जनाले उपकुलपति बन्नका लागि आवेदन दिएका छन्।

शिक्षामन्त्री अशोककुमार राई संयोजक, शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य रहेको समितिले सुची सार्वजनिक गरेको हो। खुला प्रतिस्पर्धा बाट उपकुलपति नियुक्त गर्नका लागि हिजो फागुन ८ गते सम्मको समय दिएर आवेदन माग गरिएको थियो।

निर्धारित समयभित्र आवेदन दिने १८ जनामा तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदप्रसाद झा, बिजुकुमार थपलिया, विनोद पराजुली र देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोइराला, राजकुमार पोख्रेल, रमेशबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् । अब यिनै १८ जना मध्ये बाट उच्चतम अंक प्राप्त गर्ने एक तिहाइ उम्मेदवारहरूको अल्पसुची समितिले प्रकाशन गर्नेछ। यसरी अल्पसुचिमा पर्नेहरू मध्ये बाट कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बाट उच्चतम अंक प्राप्त गर्ने तिन जनाको नाम विश्वविद्यालयका कुलपति समक्ष समितिले सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ।

हाल त्रिभुवन विश्वविद्यालयको यी सबै प्रक्रिया पुरा भएर कुलपति समक्ष तिन जनाको नाम सिफारिस भइसकेको अवस्था छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले अब आफ्नो प्रतिबद्धता अनुसार मेरिटका आधारमा उपकुलपति नियुक्त गर्छन् वा आफू निकटका मान्छे सिफारिस गरिएका नाम भित्र खोज्छन् भन्ने चासो सर्वत्र छ। शिक्षा क्षेत्र बुझेका सरोकारवालाहरू भने विश्वविद्यालयमा अब सबैभन्दा उपयुक्त र सक्षम उपकुलपति ल्याउनुको विकल्प नभएको बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड