काठमाडौँ- चाबहिलमा रहेको टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलमा अबाकस प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार विद्यालय परिसरमा आयोजित प्रतियोगिता विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सम्पन्न भएको हो।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अबाकसले बालबालिकाको मस्तिष्क विकास गर्ने, गणितीय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रीकृत गराउने आदि काम गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार वर्ष पुरानो फादर अफ कम्प्युटर (अबाकस) लाई विद्यालयले वैकल्पिक विषयका रूपमा पठनपाठन गराउँदै आएको छ ।
प्रतियोगिता पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुल/कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले गणित कठिन विषय हो भन्ने भ्रम चिर्नका लागि अबाकस प्रतियोगिताले सघाउने बताए। उनले सरल ढंगले गणितीय सीपहरू विकास गर्ने र त्यस्ता समस्याहरू समाधान गर्ने एउटा उपायका रूपमा आफूले अबाकसलाई हेरेको भन्दै यो पद्धतिले विद्यालयका विद्यार्थीहरूलाई गणित प्रति रुचि जागृत गरेको जानकारी दिए । अभिभावकहरूलाई अगाडी राखेर टेक्सासले अबाकस मार्फत आफ्ना विद्यार्थीहरूले सिकेका सिप प्रदर्शन गर्नका लागि प्रतियोगिता आयोजना गरेको उनको भनाई थियो।
त्यस्तै बाल विकास एनसीमास संस्थाका तेजु नेपालले टेक्सासका विद्यार्थीले उत्साहजनक सहभागितामा अबाकस प्रतियोगितामा देखाएको बताए। उनले विद्यालयमा वर्ष भरि नै अबाकसको कक्षा भइरहेको र हरेक वर्षको अन्त्यमा देशभर हुने यस्तो प्रतियोगितामा टेक्सासले पनि सहभागिता जनाउँदै आएको उल्लेख गरे। उनका अनुसार अन्तिम छनोट भएका टेक्सासका तिन जना विद्यार्थीले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।
प्रतियोगितामा छानिएका विद्यार्थीहरूले आगामी फागुन २० गते हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
यहाँ क्लिक गरेर कार्यक्रमको फोटो फिचर हेर्नुहोस्।