काठमाडौँ- इमाडोल ललितपुरमा रहेको युनाइटेड स्कुलको आयोजना र सातदोबाटोको युनाइटेड युनिभर्सल स्कुलको सहआयोजनामा युनाइटेड स्कुल मेला २०२४ सम्पन्न भएको छ। सोमबार युनाइटेड स्कुल परिसरमा आयोजित मेला ४५०० भन्दा बढी सहभागीहरूको प्रत्यक्ष अवलोकन पश्चात् सम्पन्न भएको हो।
युनाइटेड स्कुलका संस्थापक अध्यक्ष दृप चाम्लिङ राई र संस्थापक निर्देशक नरहाङ राईले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका थिए। विभिन्न किसिमका खेलकुद र फरक फरक प्रकारका खानेकुराहरू गरी जम्मा २२ वटा स्टल मेलामा राखिएको थियो। मेलामा सतिश घलानले अतिथि प्रस्तोताका रूपमा प्रस्तुत हुँदै उपस्थित अतिथिहरुलई मनोरञ्जन दिएका थिए। त्यस्तै पछिल्लो पुस्ताले अत्यधिक रुचाएको बिङ्गो, हन्टेड हाउस, फेस पेन्टिङ, डिस्को लगायतका अन्य आकर्षणहरू मेलामा राखिएको थियो।
कार्यक्रममा सहभागी हुने विद्यार्थी तथा अभिभावकलाई प्रदान गरिएको र्याफल टिकट बाट १० जना भाग्यशाली विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो। यस अन्तर्गत एक जनाले वासिङ मेसिन, एक जनाले एयर कन्डिसनर, एक जनाले ल्यापटप, एक जनाले माउन्टेन बाइक र एक जनाले भ्याक्युम क्लिनर प्राप्त गर्दा अन्य पाँच जनाले सान्त्वना पुरस्कार प्राप्त गरे।
मेलामा आयोजक दुई वटा विद्यालयका विद्यार्थी, अभिभावक तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। युनाइटेड टेक्निकल स्कुलबारे जानकारी दिने एक विशेष डेक्स पनि मेलामा राखिएको थियो।