Matra Education आइतबार, साउन १० २०८३

अपेन गोदावरीको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

अपेन गोदावरीको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन ८ २०८०


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोदावरी नगर कमिटीको आयोजनामा एक दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। सोमबार जिआरएस स्कुलको सभाहलमा आयोजित उक्त कार्यक्रम २१ औँ शताब्दीमा अभिभावकले निभाउनुपर्ने भूमिका बारे छलफल गर्दै सम्पन्न भएको हो।

गोदावरी अपेनका अध्यक्ष पविन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम अपेनका केन्द्रीय सचिव सम्झना बस्नेत,अपेनका विभिन्न नगर कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थितिमा सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपालको पहिलो एनएलपि प्रमाणित ट्रेनर जोसेफ ब निरौला र कोच कुलदिप न्यौपानेले आफ्नो प्रस्तुतीकरण सहितको तालिम प्रदान गरेका थिए।

विद्यालय शिक्षामा कमै प्रयोग हुने गरेको र भए पनि एउटा विद्यालयले आफ्ना अभिभावक मात्रै राखेर गर्दै आएको अभिभावक शिक्षा कार्यक्रमलाई गोदावरी अपेनले भने पृथक् शैलीमा सम्पन्न गरेको थियो। कार्यक्रममा उक्त क्षेत्रका पाँच वटा विद्यालयका अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै अध्यक्ष थापाले उत्साहजनक उपस्थितिमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने र भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड