काठमाडौँ- चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले पहिलो पटक आयोजना गरेको तिन महत्त्वपूर्ण प्रतियोगिताहरूको ‘ग्राण्ड फिनाले’ सम्पन्न भएको छ। आइतबार कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको कार्यक्रममा तिन महत्त्वपूर्ण प्रतियोगिताहरु: ‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८० को ग्राण्ड फिनाले समेत सम्पन्न भएको हो।
मनास्लु आइडल सिजन १ को अडिसन र सेमिफाइनलको चरण पार गर्दै उत्कृष्ट सात प्रतियोगी बन्न सफल भएका प्रतियोगीहरूले आइतबार प्रज्ञा प्रतिष्ठानमा अन्तिम प्रतिस्पर्धा गरे। उक्त प्रतिस्पर्धा बाट निर्णायक तथा गायिका द्वय कुन्ती मोक्तान र सुबानि मोक्तानको मन जित्न सफल हुँदै अरुण लामाले मनास्लु आइडल सिजन १ को उपाधि चुम्न सफल भए। त्यस्तै नबिना रिमाल ‘फस्ट रनर अप’ र अनुज थुलुङ राई सेकेन्ड रनर अप बन्न सफल भए।
त्यस्तै मनास्लु डान्सिङ स्टारको सिजन १ को अडिसन र सेमिफाइनलको चरण पार गर्दै उत्कृष्ट सात बन्न सफल भएका प्रतियोगीहरूले पनि आजै अन्तिम प्रतिस्पर्धा गरेका थिए। उनीहरूको प्रतिभा मुल्यांकन गर्ने जिम्मेवारी वरिष्ठ नृत्य निर्देशक महेश गोदार र नायक गजित विष्टले पाएका थिए। अन्तिम नतिजामा आफूलाई सर्वोत्कृष्ट साबित गर्दै सुस्मिता सुनार मनास्लु डान्सिङ स्टार बन्न सफल भइन्। त्यस्तै अस्विन गुरुङले ‘फस्ट रनर अप’ र प्रशान्ति अधिकारीले सेकेन्ड रनर अपको उपाधि आफ्नो नाममा गर्न सफल भए।
आजै सम्पन्न ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८० को विजेता बन्नका लागि ८/८ जना छात्र छात्राले अन्तिम प्रतिस्पर्धा गरेका थिए। इभेन्ट डाइरेक्टर सोनित राज ढुंगेलको संयोजनमा सम्पन्न प्रतियोगिताकी अफिसियल कोरियोग्राफर परितोशिका पन्त रहेकी थिइन् भने अन्तिम निर्णय गर्ने जिम्मा कोरियोग्राफर सगुन पाण्डे, अन्तर्राष्ट्रिय फेसन तालिमकर्ता लबिन अन्सारी, एजुकेसनल काउन्सिलर ममता सापकोटा, युवा नेता अबिबिन्द खनियाँ र मोडल पूर्णिमा कार्कीले पाएका थिए। अन्तिम नतिजा अनुसार दावा छिरिङ भोटे र स्यारोन लामा वाइबा क्रमशः पहिलो ‘मिस्टर एन्ड मिस मनास्लु’ बन्न सफल भए। त्यस्तै मिस्टर मनास्लु तर्फ सुजन गिरि फस्ट रनर अप र नवराज तामाङ सेकेन्ड रनर अप बन्न सफल हुँदा मिस मनास्लु तर्फ शशिकला तामाङ फस्ट रनर अप र जेसिका आरएल ठकुरी सेकेन्ड रनर अप बन्न सफल भए।
यसबाहेक पनि विभिन्न विधामा छुट्टा छुट्टै मुल्यांकन गरी कुनै पक्षमा अब्बल प्रदर्शन गर्न सफल हुने प्रतियोगीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो। यी विधाहरूमा स्मृति तामाङ र किशोर रोका मिस्टर एन्ड मिस पर्सनालिटी, सुप्रदा राई र सुजन गिरी बेस्ट वाक, जेसिका आरएल ठकुरी र प्रकाश डंगोल बेस्ट स्माइल, समीक्षा अधिकारी र दिपेश प्रसाद कुशवाह मिस्टर एन्ड मिस फ्रेन्डलि, सेरेन लामा र दावा छिरिङ भोटे मिस्टर एन्ड मिस पपुलर, शासिकला तामाङ र शक्ति देवाली मिस्टर एन्ड मिस ट्यालेण्ट, आङ डोल्मा शेर्पा र नवराज तामाङ मिस्टर एन्ड मिस डिसिप्लिन, शशिकला तामाङ र दिपेश प्रसाद कुशवाहा मिस्टर एन्ड मिस मल्टिमिडिया बन्न सफल भए। विजयी प्रतियोगीहरूलाई निर्णायक तथा उपस्थित विशिष्ट अतिथिहरूले पुरस्कृत गरेका थिए।