काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ सानोठिमी, भक्तपुरले कक्षा १२ वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ।
एक सूचना जारी गर्दै बोर्डले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८१ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित एवं ग्रेडवृद्धि परीक्षार्थीहरूको वार्षिक परीक्षा सार्वजनिक गरिएको जनाएको हो।
सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार परीक्षा आगामी वैशाख १४ गते सुरु भई २६ गते अन्त्य हुने छ। बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।
तालिका हेर्नुहोस्:

