Matra Education आइतबार, साउन १० २०८३

साउथ वेस्टर्न स्कुलको आयोजनामा ‘प्रि स्कुल कल्चरल ड्रेस कम्पिटिसन’ सम्पन्न

साउथ वेस्टर्न स्कुलको आयोजनामा ‘प्रि स्कुल कल्चरल ड्रेस कम्पिटिसन’ सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन ४ २०८०


काठमाडौँ- वसुन्धरा स्थित साउथ वेस्टर्न स्कुलको आयोजनामा ‘इन्टर प्रि स्कुल कल्चरल ड्रेस कम्पिटिसन’ सम्पन्न भएको छ। शुक्रवार स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न ११ वटा प्रि स्कुलहरूको सहभागिता रहेको थियो।

साउथवेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारी, सह-प्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू तथा शिक्षक/शिक्षिकाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्णायकको भूमिका त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डा तीर्थ राज लुइँटेल र स्कुलकी मिडिल स्कुल इन्चार्ज रविना रञ्जितले निभाएका थिए।

प्रतियोगितामा सारा प्रि स्कुलका सुहान श्रेष्ठ र प्रिन्सा केसी प्रथम हुँदा हिमालयन किन्डरगार्डेनका सुरभी ढुंगाना र आश्रय बज्राचार्य द्वितीय हुन सफल भए। त्यस्तै बालापन प्रि स्कुल तारकेश्वरका मानुषी अर्याल र बेन्सन गुरुङ तृतीय भए। व्यक्तिगत प्रस्तुति तर्फ एट्लाण्टा मन्टेश्वरी स्कुलका मेलिस्का गुरुङले ‘बेस्ट स्पीच’, बालापन प्रि स्कुलका नुग रत्न शाक्यले ‘बेस्ट स्माइल’, बि बज प्रि स्कुलका डायमन्ड सिंह खत्रीले ‘बेस्ट वाक’, गोल्डेन बड्स एकेडेमीका संस्कृति थापा र उपान्शु थापाले ‘बेस्ट कोअर्डिनेसन’, मेगा किड्स प्रि स्कुलका आद्या श्रेष्ठले ‘बेस्ट कल्चरल ड्रेस’ र साधना ममताज ह्याप्पी होमकी प्रनिता श्रेष्ठले ‘बेस्ट मोडल’ को अवार्ड हात पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्णायकको भूमिका निभाएका डा लुइँटेलले मोबाइलको लत लागेर आजका बालबालिकाहरूको सिर्जनात्मक क्षमता कमजोर बन्दै गएको भन्दै उनीहरूलाई प्राकृतिक वातावरणमा खेल्न दिनुपर्ने धारणा राखे। उनले ‘स्क्रिन टाइम’ लाई पनि ज्ञानवर्धक कुरा हेरेर सदुपयोग गर्न सकिने उल्लेख गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड