Matra Education आइतबार, साउन १० २०८३

स्वागत तथा सम्मानका लागि मनास्लुले भव्य कार्यक्रम आयोजना गर्ने, यति धेरै छन् आकर्षण

स्वागत तथा सम्मानका लागि मनास्लुले भव्य कार्यक्रम आयोजना गर्ने, यति धेरै छन् आकर्षण

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन ४ २०८०


काठमाडौँ- चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले स्वागत तथा सम्मानका लागि भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि आगामी फागुन ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा कार्यक्रम आयोजना गर्न लागेको हो। उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने तथा मनास्लुले यो वर्ष देखि आयोजना गरेको तिन महत्त्वपूर्ण प्रतियोगिताहरु: ‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८० को ग्राण्ड फिनाले समेत आयोजना गर्ने तयारी मनास्लुले गरेको छ।

के छ विशेष आकर्षण ?
त्यसो त मनास्लुले आफ्नो स्थापनाकाल देखि नै सञ्चालन गर्दै आएको हरेक कार्यक्रमलाई विशेष बनाउने गरेको छ। यस अघि कक्षा ११ का लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई नै राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रमको झल्को दिने गरी आयोजना गरेको संस्थाले यो कार्यक्रमलाई त्यो भन्दा अझै भव्य र विशेष बनाउने गरी तयारी तीव्र पारेको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती रहनेछन्। चर्चित सञ्चारकर्मी मल्बिका सुब्बाले सञ्चालन गर्ने कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। पछिल्लो पुस्ताका लोकप्रिय गायिकाहरू समीक्षा अधिकारी, सुबानि मोक्तान देखि नेपालीहरूद्वारा अत्यधिक रुचाइएकी वरिष्ठ गायिका कुन्ती मोक्तान सम्मले कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्। त्यस्तै तृष्णा गुरुङ (द कोल्याव ब्यान्ड) र इण्डियाज बेस्ट डान्सर-३ का विजेता समर्पण लामाले समेत आफ्नो प्रस्तुति कार्यक्रममा राख्नेछन्।

कार्यक्रममा आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान गरेका पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि गर्ने तयारी आयोजकको छ। यस अन्तर्गत गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिनेछ।

त्यस्तै कार्यक्रममा मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकहरू मध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक/शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिनेछ भने विभिन्न परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरू समेत कार्यक्रममा सम्मानित हुनेछन्।

‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८० को ग्राण्ड फिनाले समेत हुने भएकाले कार्यक्रमको अर्को आकर्षण यो बन्नेछ। उपाधि सँगको घट्दो दुरीका कारण प्रतिस्पर्धीहरू आफूलाई अब्बल साबित गर्न सर्वोत्कृष्ट प्रस्तुति दिने प्रयासमा रहनेछन्। त्यस्तै मनास्लुका विद्यार्थीका प्रतिभाले भरपुर अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै विशेष बनाउनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड