काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ६ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधबार साँझ एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मिति २०८०/०२/२० र २०८०/०६/१३ गते लिइएको ओखलढ्ङ्गा, सिन्धुली, तनहुँ, रुकुमपूर्व, जुम्ला र दार्चुला जिल्लाको लिखित परीक्षाको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल उम्मेदवारहरूको नाम प्रकाशित गर्दै अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरेको छ।आयोगको मिति २०८०/११/०२ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो।
सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।