काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।
बुधवार एक सूचना जारी गर्दै आयोगले मिति २०८०/११/०१ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आव्हान गरेको जनाएको हो।
इच्छुक आवेदकहरूले मिति २०८०/११/०२ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ।
