Matra Education आइतबार, साउन १० २०८३

नेशनल ब्लुमिङ फ्लावर एकेडेमीको अभिभावक दिवस सम्पन्न

नेशनल ब्लुमिङ फ्लावर एकेडेमीको अभिभावक दिवस सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, माघ २७ २०८०


काठमाडौँ- रुद्रेश्वर काठमाडौँमा रहेको नेशनल ब्लुमिङ फ्लावर एकेडेमीको अभिभावक दिवस तथा १५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। बिहीबार राष्ट्रिय नाच घरको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयका शुभचिन्तक मदन पौडेलको सभापतित्व तथा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अतिथिका रूपमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए।

कार्यक्रम मार्फत राष्ट्रिय नाचघर पुर्‍याएर विद्यालयले अभिभावकहरूलाई आफूले वर्ष भरी सिकाएको गतिविधिहरू प्रदर्शन गरेको थियो। कार्यक्रम अवधिभर विद्यार्थीहरूले प्रस्तुत गरेका गायन, नृत्य, उद्घोषण, वक्तृत्व लगायतका कलाहरूले विद्यालयको शिक्षण कौसलको परिचय दिएको थियो। अभिभावकहरू आफ्ना छोराछोरीको सुन्दर प्रस्तुतिहरू देखेर मोहित देखिन्थे ।

कार्यक्रमलाई शुभकामना दिँदै प्रमुख अतिथि लामाले विद्यालयले गरिरहेको गतिविधिको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिइन् । उनले वातावरण मैत्री विद्यालय भनेर चिनिएको ब्लुमिङ फ्लावरले प्रयोग गरेको ग्रिन स्कुल मोडल बुढानीलकण्ठ नगरपालिका भरी नै लागू गर्नुपर्ने भनाइ राखिन् । लामले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिइन् ।

कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले विद्यालयले गरिरहेको गुणस्तरीय शिक्षाको काम र वातावरण जोगाउने अभियानको प्रशंसा गर्दै आगामी दिनका लागि विद्यालयको अझै धेरै प्रगतिको कामना गरे।

कार्यक्रम समापन गर्दै सभापति पौडेलले आफू विगत ५ वर्ष देखि विद्यालयको अभिभावक रहेको र विद्यालयले छोटो समयमै गरेको प्रगतिले खुसी लागेको बताए । विद्यार्थी सफल हुनका लागि अनुशासन एकदमै महत्त्वपूर्ण हुने र ब्लुमिङ फ्लावरका विद्यार्थीमा त्यो गुण सबैभन्दा धेरै देखिने उनले बताए। विद्यालयले अझै धेरै प्रगति गर्नेमा आफू विश्वस्त रहेको भन्दै उनले कार्यक्रम अन्त्य भएको घोषणा गरे।

यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरु हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड