Matra Education आइतबार, साउन १० २०८३

टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका सँग मनास्लु वर्ल्ड कलेजको शैक्षिक सम्झौता

टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका सँग मनास्लु वर्ल्ड कलेजको शैक्षिक सम्झौता

  • मात्र एजुकेशन
  • सोमबार, माघ १५ २०८०


काठमाडौँ- चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले राजधानीका दुई नगरपालिका सँग शैक्षिक सम्झौता गरेको छ। टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका सँग कलेजले छात्रवृत्तिमा विद्यार्थी पढाउने तथा नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने गरी सम्झौता भएको हो।

कलेजले आइतबार टोखा नगरपालिका सँग गरेको सम्झौतामा नगरपालिका भित्रका अधिकतम दस जना विद्यार्थीहरूलाई छात्रवृत्ति सहुलियतमा प्लस टु अध्ययनको अवसर प्रदान गर्ने , टोखा नगरपालिका भित्रको शैक्षिक विकासका क्षेत्रमा मनास्लु वर्ल्ड कलेजको सहभागिता रहने, नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक विकासका कार्यक्रमहरूमा आवश्यकता अनुसार सहकार्य र सहजीकरण गर्ने, टोखा नगरपालिकामा सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि र अनुकूल शिक्षण सिकाई वातावरण निर्माणका लागि शिक्षक तालिम र विद्यार्थी परामर्श जस्ता कार्यक्रम सञ्चालन गर्न सहजीकरण र सहयोग गर्ने लगायतका विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।

टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी,प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी र प्रमुख शिक्षा अधिकारी बाबुराम गौतम र मनास्लु वर्ल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर मीन कुमार मोक्तान लगायतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

त्यस्तै कलेजले सोमबार गोकर्णेश्वर नगरपालिका सँग गरेको सम्झौतामा नगरपालिकाको सिफारिसमा अधिकतम ५ जना विद्यार्थीलाई मनास्लुमा प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने, ५ जानाको कोटा पुगे पछि नगरपालिकाको सिफारिसमा अन्य विद्यार्थीहरूलाई २०% छुट प्रदान गर्ने, यी दुवै संस्थाले सहकार्य गरेर नगरपालिका भित्रका विद्यार्थीलाई लक्षित पारी शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गर्ने लगायतका सम्झौता भएका छन्।

कलेजले यस अघि शंकरापुर नगरपालिका सँग पनि यस्तै किसिमको सम्झौता गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड