Matra Education आइतबार, साउन १० २०८३

साउथ वेस्टर्न स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार आयोजना हुने

साउथ वेस्टर्न स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार आयोजना हुने

  • मात्र एजुकेशन
  • शुक्रबार, माघ १२ २०८०


काठमाडौँ- वसुन्धरामा रहेको साउथ वेस्टर्न स्कुलले भोलि माघ १३ गते शनिवार विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस आयोजना गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा कार्यक्रम आयोजना हुने र त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी रहने विद्यालयले जनाएको छ। त्यस्तै टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम र साउथ वेस्टर्न स्टेट कलेजका प्रधानाध्यापक डा राजेन्द्र केसी कार्यक्रमको विशेष अतिथिका रूपमा रहने जनाइएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ।

मात्र एजुकेसन सँग कुरा गर्दै साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले सम्पूर्ण विद्यालय परिवार कार्यक्रमका लागि उत्साहित रहेको प्रतिक्रिया दिए। उनले विद्यालयको वार्षिकोत्सव आफैँमा महत्त्वपूर्ण अवसर रहेको र त्यसैमाथि अभिभावकहरूको भूमिकाका लागि सम्मानार्थ अभिभावक दिवस पनि सँगै राखिएको हुँदा कार्यक्रम अझै विशेष हुने बताए। उनका अनुसार कार्यक्रम अवधिभर विद्यार्थीहरूका प्रतिभाले भरपुर विभिन्न सन्देशमूलक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनेछ। अधिकारीले सक्रिय सहभागिताका लागि सम्बद्ध सबैलाई अपिल समेत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड