Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड प्रि स्कुल: बालबालिकाको अक्षरारम्भका लागि सर्वोत्कृष्ट स्कुल

युनाइटेड प्रि स्कुल: बालबालिकाको अक्षरारम्भका लागि सर्वोत्कृष्ट स्कुल

  • मात्र एजुकेशन
  • बिहिबार, माघ ११ २०८०


काठमाडौँ- बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील युनाइटेड प्रि स्कुल सातदोबाटो ललितपुरमा नयाँ विद्यार्थीका लागि भर्ना खुलेको छ। आउँदै गरेको श्रीपञ्चमीमा आफ्ना बालबालिकाको अक्षरारम्भ गराउन चाहने अभिभावकहरूलाई विशेष छुटका साथ भर्ना गराउन विद्यालयले अपिल गरेको हो। रमाइलो वातावरण सिर्जना गरेर विद्यार्थीलाई खेल्दै सिकाउने र फरक शैलीले सिकाउने विद्यालय भएका कारण युनाइटेड प्रि स्कुल सर्वोत्कृष्ट स्कुल भएको विद्यालयको दाबी छ।

के छ युनाइटेड प्रि स्कुलको विशेषता ?
युनाइटेड प्रि स्कुलले बालबालिकाको सर्वपक्षीय विकासलाई ध्यानमा राखेर तयार पारिएको पाठ्यक्रममा आधारित रहेर शिक्षण सिकाई गर्ने गरेको छ। फरक किसिमको पढाउने पद्धति, बालबालिकालाई गराउने गतिविधि र प्रयोग हुने शैक्षिक सामाग्रीले बालबालिकाको सिकाइलाई थप रोचक र मनोरञ्जनात्मक बनाएको छ । विद्यालयको पाठ्यक्रमले बालबालिकाहरूलाई उनीहरूको क्षमता अन्वेषण गरी प्रतिस्पर्धाको सामना गर्न सक्षम बनाउँछ । आधुनिक र मन्टेश्वरी दुवै विधिहरूमा आधारित रहेर शिक्षण सिकाई हुँदै आएको छ।

बालबालिकाहरूलाई सिर्जनात्मक र रचनात्मक बनाउन विद्यालयले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरू आयोजना गर्दै आएको छ। हरेक हप्ता आयोजना हुने यस्ता क्रियाकलापले बालबालिकालाई मनोरञ्जन र सिकाइको आवश्यक आधारभूत सिप निर्माण गर्न सघाउने विद्यालयको विश्वास छ। सँगै विद्यालयले हरेक विद्यार्थीलाई समावेश गरेर विभिन्न सह– पाठ्यक्रम गतिविधिहरू आयोजना गर्ने गरेको छ। यस्ता पूरक गतिविधिहरूले सामाजिक अन्तरक्रिया, स्वास्थ्य सचेतना, मनोरञ्जन, नेतृत्व, आत्म अनुशासन र आत्मविश्वास जस्ता गुणहरूको विकास बालबालिकामा हुने गरेको छ।

सह– पाठ्यक्रम गतिविधिहरूलाई व्यवस्थित गर्नका लागि युनाइटेड प्रि स्कुलले विभिन्न कर्नरहरूको निर्माण पनि गरेको छ। यस्ता कर्नरहरूमा डाक्टर कुना, नेपाली घर कुना, भान्सा कोठा कुना, पसल कुना, कठपुतली कुना, सङ्गीत कुना, नृत्य कुना, बालुवा खेल्ने कुना, पुस्तकालय, विज्ञान कुना आदि रहेका छन् । यी कुनाहरू फरक फरक रुचि र चाहना भएका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्नका लागि विद्यालयले निर्माण गरेको हो। यिनीहरूमा गएर बालबालिकाहरूले विभिन्न किसिमका कल्पनाहरू गरी काल्पनिक खेलमा आफूलाई मन लागेका भूमिकाहरू निभाउँदै खेल खेल्दै नयाँ कुराहरू सिक्ने गरेका छन् ।

विद्यालयका अनुसार विद्यार्थीहरू डाक्टर कर्नरमा जानाले डाक्टरलाई भेट्दा डर कम गर्ने, डाक्टरद्वारा प्रयोग गरिने उपकरणको नाम र उपकरणको पहिचान गर्ने र स्वास्थ्यको ख्याल कसरी गर्न सकिन्छ भन्ने खालका भूमिका सिकाउन मद्दत पुगेको छ। त्यस्तै नेपाली घर कुनामा प्राचीन कालमा प्रयोग हुने परम्परागत सामाग्रीहरू ढिकी, जाँतो, चर्खा आदि रहेका छन्। यिनीहरूलाई बालबालिकाहरूले प्रयोग गरी तिनीहरूको पहिचान गर्न, विभिन्न परम्परागत सांस्कृतिक चिजहरू, गरगहनाहरू र विभिन्न जातजातिका पहिरनहरूको प्रत्यक्ष अवलोकन र प्रयोग गरी स्पष्ट हुने मौका पाउने गरेका छन् ।

कठपुतली कुनामा विभिन्न कठपुतलीका सामाग्रीको प्रयोग गरी वास्तविक जीवनसँग जोडेर राम्रो व्यवहार र नैतिक पाठ बारे सिकाउने गरिएको छ। यसले सुनाइको क्षमतालाई समेत बलियो बनाउन मद्दत गर्ने विद्यालयको भनाई छ। पसल कुनामा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा साहुजी बनेर कारोबार कसरी गरिँदो रहेछ भन्ने कुराको ज्ञान लिन, पैसाको कारोबार कसरी गरिँदो रहेछ भन्ने कुरा बुझ्न र पसल भित्रका सामाग्रीहरूको पहिचान गर्न सहयोग गर्दै सामाजिक रूपमा अन्तरक्रिया र सामाजिक सम्बन्धलाई दरिलो बनाउन सिकाएको छ । यस्ता फरक फरक विशेषता बोकेका अन्य कुनाहरूमा समेत विद्यार्थीहरूले व्यवहारिक ज्ञान पाउने गरेका छन्।

यसरी प्रत्येक कर्नरमा बालबालिकाहरू स्वयम् उपस्थित भई प्रत्यक्ष रूपमा संलग्न भई सिपमूलक शिक्षा लिएर, सुनेर जानेको शिक्षा नै जीवन उपयोगी हुन सक्छ भन्ने विश्वासका साथ अगाडी बढेको युनाइटेड प्रि–स्कुल तपाईँका बालबालिकाको शिक्षा सुरु गर्ने सर्वोत्कृष्ट गन्तव्य हुन सक्छ। समयमै भर्ना गरेर आफ्ना बालबालिकाको सुनिश्चित भविष्यको बाटो कोर्नुहोस्। चैत १ गते सम्म भर्ना गर्नुभयो भने तपाईँका लागि विशेष छूटको व्यवस्था समेत छ है !

युनाइटेड प्रि स्कुल ललितपुरकै प्रतिष्ठित शैक्षिक समूह युनाइटेड एकेडेमी ग्रुप द्वारा सञ्चालित छ। थप जानकारीका लागि यहाँ क्लिक गरेर स्कुलको फेसबुक पेज सँग जोडिनुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड