Matra Education आइतबार, साउन १० २०८३

अपेनले ‘इसिडि पोलिसी कन्फरेन्स’ आयोजना गर्ने

अपेनले ‘इसिडि पोलिसी कन्फरेन्स’ आयोजना गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, माघ ७ २०८०


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले ‘इसिडि पोलिसी कन्फरेन्स’ आयोजना गर्ने भएको छ। आगामी माघ १३ गते शनिवार धुम्वाराही स्थित सूर्य इभेन्ट्समा विषय विज्ञ तथा अपेन सदस्य विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको संस्थाले जनाएको छ।

कार्यक्रममा ४ जना विषय विज्ञहरूले आफ्नो प्रस्तुति राख्ने, समूहगत छलफल गर्ने र अन्तरक्रिया गर्ने तयारी गरिएको छ। ४ वटा फरक फरक सत्रमा सम्पन्न हुने प्रस्तुतिहरूका लागि डा दिपु शाक्यले सरकारी नीति र अन्तर्राष्ट्रिय अभ्यासमा, डा मिनाक्षी दाहालले सरकारी नीति र कार्यान्वयनमा देखिएको फरकमा, अनिल आचार्यले कानुनी प्रावधानहरूमा र केपी लम्सालले खाना तथा पोषणमा आफ्नो प्रस्तुति राख्ने बताइएको छ। यी प्रस्तुतिहरू पश्चात् अन्तरक्रियात्मक कार्यक्रम गर्ने तयारी अपेनले गरेको छ।

कार्यक्रम बारे मात्र एजुकेसनलाई जानकारी दिँदै अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहराले संस्थाले बालबालिकाको हितका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र यो त्यसैको निरन्तरता भएको बताए। कार्यक्रमले बालबालिकाको क्षेत्र र उनीहरूको सिकाई बारे नीति निर्माता र अभ्यासकर्ताहरूलाई उपयुक्त पृष्ठपोषण दिने विश्वास व्यक्त गरे। बोहराले सक्रिय सहभागिताका लागि अपेन सम्बद्ध सबैलाई अपिल समेत गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड