काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको पाँच वटा विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिवार साँझ एक सूचना जारी गर्दै आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित-विज्ञान विषयमा लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता सम्बन्धी कार्यतालिका प्रकाशित गरेको हो।
आयोगको मिति २०८०-०९-२८ को निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो।
सफल उम्मेदवारहरूको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।