Matra Education आइतबार, साउन १० २०८३

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कको इसिए तथा स्पोर्ट्स मिट सुरु

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कको इसिए तथा स्पोर्ट्स मिट सुरु

  • मात्र एजुकेशन
  • शनिबार, पौस २८ २०८०


काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कले इसिए तथा स्पोर्ट्स मिटको सुरुवात गरेको छ। शनिवार कलेजको मित्रपार्क ब्लकमा आयोजित एक कार्यक्रमका बिच इसिए तथा स्पोर्ट्स मिटको सुरुवात गरिएको हो।

विद्यार्थीको सर्वपक्षीय विकासका लागि कलेजले तयार पारेको वार्षिक कार्यतालिका अन्तर्गत विभिन्न क्रियाकलापको आयोजना गर्नका लागि कार्यक्रमको सुरुवात गरिएको हो। लायन्स क्लब अफ काठमाडौँ टेक्सास सँगको सहकार्यमा शनिवार बिहान भएको म्याराथन प्रतियोगिता मार्फत कार्यक्रमको उद्घाटन गरिएको छ भने आजै निबन्ध लेखन र कविता वाचनका प्रतियोगिताहरू भएका छन् ।

पुस २८ गते देखि माघ ५ गतेसम्म चल्ने इसिए तथा स्पोर्ट्स मिटको समापन टेक्सस आइडल (गायन प्रतियोगिता) र टेक्सस डान्सिङ स्टार (नृत्य प्रतियोगिता) को फाइनल सहित हुनेछ। यसबिचमा अन्य विविध प्रतियोगिताहरू पनि आयोजना हुनेछन्। यो पटक कलेजले पहिलो पटक ई-स्पोर्ट्सहरुको समेत प्रतियोगिता गराउने भएको छ। त्यस्तै समापनकै दिन शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिबाट विजेतालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने टेक्सस प्रशासनले जनाएको छ।

कार्यक्रम उद्घाटन पछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल स्कुल/कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। कलेजको ४ भित्ताको पर्खाल भित्र मात्रै सिकाई हुन्छ भन्नेमा टेक्सस कहिल्यै नरहेको भन्दै उनले जीवनोपयोगी र सीपयुक्त शिक्षा दिने उद्देश्य पुरा गर्न यस्ता कार्यक्रमहरू नियमित गर्दै आएको बताए। यस्ता प्रतियोगिताहरूले विद्यार्थीको प्रतिभा पहिचान र त्यसमा उनीहरूको भविष्य निर्माणका लागि योगदान गर्ने श्रेष्ठको भनाई थियो।

टेक्सासले विजेता विद्यार्थीहरूलाई प्रोत्साहन गर्न छात्रवृत्ति र नगद पुरस्कारको समेत व्यवस्था गरेको छ।

उद्घाटन कार्यक्रमका केही तस्बिरहरू यहाँ क्लिक गरेर हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड