Matra Education आइतबार, साउन १० २०८३

पूर्व शिक्षक भण्डारी सम्मानित

पूर्व शिक्षक भण्डारी सम्मानित

  • मात्र एजुकेशन
  • शनिबार, पौस २८ २०८०


काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका अन्तर्गत रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको एक कार्यक्रममा सुनकोसी गाउँपालिका ठोकर्पा निवासी पूर्व शिक्षक रामप्रसाद भण्डारी सम्मानित भएका छन्। सुनकोसी क्याम्पसको सभाहलमा शुक्रवार आयोजित सेवा निवृत्त शिक्षक सम्मान, नव प्रवेशी शिक्षक स्वागत एवं शैक्षिक अन्तरक्रिया कार्यक्रम तथा दोस्रो गाउँ परिषद् कार्यक्रममा उनी सम्मानित भएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले दोसल्ला सहित सम्मान पत्र दिई शिक्षक भण्डारीलाई सम्मान गरेका हुन्। जीवनको ऊर्जाशील समय विद्यार्थी ,विद्यालय र शिक्षा क्षेत्रमा अहोरात्र खटिएर ३९ वर्ष ५ महिना शिक्षण सिकाइमा कुशलतापूर्वक बिताएकोमा भण्डारीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा पूर्व शिक्षक तोयानाथ प्याकुरेल र सानुकाजी अधिकारीलाई पनि सम्मान गरिएको थियो।

सम्मानित भण्डारी जिल्लाकै पुराना शिक्षक ठोकर्पाको पदम प्रसाद भण्डारी ( मास्टर बा) को साइँलो छोरा हुन् । आफू शिक्षककै छोरा भएकाले पनि सदैव विद्यालय र विद्यार्थीका लागि खटिएको भण्डारीले बताए । हाल पूर्व शिक्षक भण्डारीको २ छोरी र १ बुहारी शिक्षककै रूपमा कार्यरत छन् । पूर्व शिक्षक भण्डारी हाल सहकारी र कृषि क्षेत्रमा आबद्ध छन् । यो सम्मानले एउटा शिक्षकको समर्पणलाई प्रोत्साहन गरेको भन्दै भण्डारीका छोरा मदन भण्डारीले मात्र एजुकेसन मार्फत आयोजकलाई धन्यवाद दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड