Matra Education आइतबार, साउन १० २०८३

राइटपाथले मनायो सातौँ वार्षिकोत्सव, विद्यार्थीलाई आकर्षक अफरको बहार

राइटपाथले मनायो सातौँ वार्षिकोत्सव, विद्यार्थीलाई आकर्षक अफरको बहार

  • मात्र एजुकेशन
  • मंगलबार, पौस २४ २०८०


काठमाडौँ- राजधानीको पुतलीसडकमा रहेको राइटपाथ करियर काउन्सिलिङले मंगलबार सातौँ वार्षिकोत्सव मनाएको छ। राइटपाथको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बिच केक काटेर राइटपाथले आफ्नो स्थापना दिवस मनाएको हो। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष विष्णुहरि पाण्डे सहित अन्य अतिथिहरूको समुपस्थितमा वार्षिकोत्सव मनाइएको हो। कार्यक्रममा परामर्श व्यवसायीहरू, राइटपाथका साझेदार शैक्षिक संस्थाका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। आफ्नो सफलताको गौरवपूर्ण सातौँ वर्ष पुरा गर्दै राइटपाथ आठौँ वर्ष प्रवेश गरेको छ।

कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले आजसम्मको साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिए। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित स्थापित संस्थाले आजसम्म आफ्नो उद्देश्य अनुसारकै काम गरेको उनको भनाइ थियो। आफ्ना सबै शाखाहरूलाई यो सफलताको श्रेय दिँदै उनले भने, “राइटपाथ यो ठाउँ सम्म आईपुग्नुमा म अगाडी देखिए पनि मेरा लगनशील र मेहनती कर्मचारीहरूको ठुलो भूमिका छ। त्यस्तै देशका विभिन्न भागमा रहेका शाखाहरूको अथक प्रयासका कारण हामी यो स्थानमा आइपुगेका हौँ। आजसम्म धेरै नेपाली विद्यार्थीलाई उनीहरूको रोजाइको गन्तव्य पुर्‍याइरहँदा अभिभावक र विद्यार्थीले हामीलाई देखाउनुभएको विश्वास र माया प्रति म आभारी छु “। आफूहरू रहेको पेसा संवेदनशील रहेको भन्दै उनले सकेसम्म उत्कृष्ट र विश्वसनीय सेवा दिने राइटपाथको लक्ष्य रहेको बताए। वार्षिकोत्सवको अवसरमा राइटपाथले विद्यार्थीका लागि घोषणा गरेको विशेष अफर बारे फेसबुक पेजबाट जानकारी लिएर अधिकतम लाभ उठाउन पनि उनले आग्रह गरे।

कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले छोटो समयमा संस्थाले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि बधाई दिए। देशका विभिन्न ठाउँमा शाखा खोलेर विदेश जाने विद्यार्थीको चाहनालाई राइटपाथले सहज बनाएको उल्लेख गरेका उनले आज सम्म राइटपाथले कहिल्यै पनि गलत काम नगरेको र आगामी दिनमा पनि नगर्ने विश्वास आफूले लिएको बताए । उनले राइटपाथको अबको यात्रा अझै धेरै सफल बनोस् भन्ने शुभकामना दिए।

सातौँ वार्षिकोत्सवको अवसरमा राइटपाथलाई शुभकामना दिँदै इक्यान अध्यक्ष शेषराज भट्टराईले संस्थाले लक्की सेभेन पुरा गरेको भन्दै आगामी दिनहरू अझै सफल हुने विश्वास व्यक्त गरे। उनले सकारात्मक रूपमा र व्यावसायिक मर्यादाको पालना गरेर काम गर्न सुझाव दिँदै इक्यानले जारी गरेका आचारसंहिताहरू पालना गर्न सके परामर्श व्यवसाय क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न सकिने धारणा राखे। भट्टराईले आगामी दिनमा संस्थाको अझै प्रगति होस् भन्ने कामना गरे।

वार्षिकोत्सवकै अवसर पारेर राइटपाथले पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ। कार्यक्रममा दिइएको जानकारी अनुसार संस्थाले केही महिना अघि भएको क्रिकेट प्रतियोगितामा राखेको ‘प्रेडिक्ट एण्ड विन’ (सही अनुमान गरेर पुरस्कार जित्ने प्रतियोगिता) का विजेताहरूलाई पुरस्कृत गरिएको हो। कुल ४८ खेलमा सही अनुमान गर्ने ४८ जना र खेलको ड्यासबोर्डमा उच्च अंक प्राप्त गर्ने ४ जनाले संस्थाको तर्फबाट आकर्षक पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै सबै खेलमा अनुमान गरेर सबैभन्दा धेरै अंक प्राप्त गर्ने एक जना विजेताले आजै आइफोन १५ पुरस्कारका रूपमा प्राप्त गरेका छन्।

राइटपाथले वार्षिकोत्सव आउनु एक हप्ता अघि देखि नै विद्यार्थीहरूका लागि आकर्षक अफरको घोषणा गरिसकेको छ। सन् २०२४ मा विद्यार्थीहरूको लागि क्यानडा र युकेलाई मुख्य प्राथमिकतामा राखेको संस्थाले क्यानडा अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने प्रक्रिया शुल्क, एप्लिकेसन शुल्क, भिसा शुल्क र बायोमेट्रिक शुल्कमा शतप्रतिशत छुट दिएको छ । ३१ जनवरीसम्म रहने यो अफरमा विद्यार्थीको कुल विद्यार्थीको ६० हजार बचत हुने संस्थाको दाबी छ।

त्यस्तै युके अध्ययन गर्न चाहने विद्यार्थीका लागी पनि संस्थाले लोभलाग्दो अफर दिएको छ। मात्र एजुकेसनलाई प्राप्त जानकारी अनुसार संस्था बाट युके अध्ययनका लागि आवेदन दिने विद्यार्थीले कुनै पनि प्रक्रिया शुल्क तिर्नुपर्ने छैन। संस्थाले भाषा कक्षा तयारी तथा बुकिङमा पनि विशेष अफर राखेको छ। थप विवरण संस्थाको आधिकारिक फेसबुक पेजबाट प्राप्त गर्न सकिन्छ।

कस्तो छ आजसम्मको राइटपाथको यात्रा ?
७ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ आज परामर्श क्षेत्रमा एक स्थापित र विश्वासिलो नाम बनिसकेको छ । विशेषतः क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका आदि गन्तव्य अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई उसले सेवा प्रदान गर्दै आएको छ। काठमाडौँ सहित देशका प्रमुख सहरहरूमा गरी ९ वटा शाखा रहेको राइटपाथले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने उद्देश्य बोकेको छ। राइटपाथ करियर काउन्सिलिङले स्तरीय भाषा कक्षा, निःशुल्क र गुणस्तरीय परामर्श सेवा, भिसा र डकुमेण्टेसन प्रक्रियामा सहयोग, अन्तर्वार्ता तयारी, यात्राअघिको मार्गनिर्देश र निःशुल्क आवेदन गर्ने काम गर्छ । विद्यार्थीको सुविधाका लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था मिलाएको राइटपाथले विद्यार्थीले सिधै विषय विज्ञसँग कुरा गरेर आफ्नो विषय बारे बुझ्न सक्ने व्यवस्था पनि गरेको छ।

सफलताको सातौँ वर्ष पार गर्दै गर्दा उच्च भिसा सफलता र विश्वसनीयता सहितको पहिचान राइटपाथले बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड