Matra Education आइतबार, साउन १० २०८३

देवीथान प्राथमिक विद्यालयका प्रधानाध्यापक घलानलाई गाउँपालिकाको सर्वोत्कृष्ट शिक्षक सम्मान

देवीथान प्राथमिक विद्यालयका प्रधानाध्यापक घलानलाई गाउँपालिकाको सर्वोत्कृष्ट शिक्षक सम्मान

  • मात्र एजुकेशन
  • मंगलबार, पौस २४ २०८०


काठमाडौँ- मकवानपुरको राक्सिराङ् गाउँपालिका ९ सलेनीमा रहेको श्री देवीथान प्राथमिक विद्यालयका प्रधानाध्यापक दित बहादुर घलानलाई गाउँपालिकाले सर्वोत्कृष्ट शिक्षक सम्मान द्वारा सम्मानित गरेको छ। सोमबार गाउँपालिकाको १५ औ गाउँसभाको उद्घाटन सत्रको अवसरमा विगत २० वर्ष देखि शिक्षा क्षेत्रमा अनवरत रूपमा लागि सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा गुणस्तरीयता कायम गर्न लागिपरेको भन्दै घलानलाई सम्मान गरिएको हो। उक्त अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

गाउँपालिका अध्यक्ष राज कुमार मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै मकवानपुर क्षेत्र न २ का सांसद महेश बर्तौला विशेष अतिथि रहेको कार्यक्रममा प्रदेश सांसद इन्द्र बानिया, पूर्व भौतिक योजना राज्यमन्त्री सन्त चेपाङ, प्रदेश संविधानसभा सदस्य गोविन्दराम चेपाङ, पूर्व सांसद ओम घलान आदि अतिथिका रूपमा उपस्थित थिए।

सम्मान ग्रहण पछि मात्र एजुकेसन सँग कुरा गर्दै घलानले सम्मानले आफूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अझै बढी योगदान गर्ने प्रेरणा मिलेको बताए। उनले सम्मानका लागि गाउँपालिकालाई धन्यवाद दिँदै आगामी दिनमा अझै धेरै उदाहरणीय कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड