Matra Education आइतबार, साउन १० २०८३

त्रिवि उपकुलपतिका लागि पुनः आवेदन माग, सबै योग्य नागरिकले खुला प्रतिस्पर्धा गर्न पाउने

त्रिवि उपकुलपतिका लागि पुनः आवेदन माग, सबै योग्य नागरिकले खुला प्रतिस्पर्धा गर्न पाउने

  • मात्र एजुकेशन
  • सोमबार, पौस २३ २०८०


काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आव्हान गरेको छ।

यसअघि जारी गरिएको सूचनामा तोकिएको मापदण्डले प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार सबै योग्यता पुगेका नागरिकले प्रतिस्पर्धा गर्न पाउने नभएपछि त्यसको व्यापक विरोध भएको थियो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना रद्द गरी अर्को सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।

आज जारी गरिएको नयाँ सूचना अनुसार “त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य जो सुकै व्यक्तिले दरखास्त दिन पाउने छ । यस अघि राखिएको विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने भन्ने मापदण्ड हटाइएको छ। नयाँ सूचनामा थप मापदण्ड के के हुने भने उल्लेख भने गरिएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा कार्यविधि प्रकाशन गरिने बताइएको छ। सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेस गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड