Matra Education आइतबार, साउन १० २०८३

लरेन्स सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

लरेन्स सहकारीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, पौस १५ २०८०


काठमाडौँ- चाबहिल स्थित लरेन्स बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार चुच्चेपाटी स्थित इम्पेरीयल बैंक्वेटमा आफ्ना सदस्यहरू माझ वार्षिक प्रगति प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा लक्ष्य र बजेट प्रस्तुत गर्दै सहकारीले १३ औँ वार्षिक साधारण सभा समापन गरेको हो।

सहकारीका अध्यक्ष अजय खनालको सभापतित्व तथा काठमाडौँ महानगर वडा नं ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो। त्यस्तै बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्का र कास्कूनकी कोशाध्यक्ष सिमा पुरी कार्यक्रमका विशिष्ट अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा दिइएको जानकारी अनुसार संस्थाले अघिल्लो आर्थिक वर्षको भन्दा ४ दशमलव ३९ प्रतिशतले शेयर पुँजी वृद्धि गरेको छ। त्यस्तै सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशतले सहकारीको बचत वृद्धि भएको बताइएको छ।

साधारण सभालाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार केशव प्रसाद दंगालले सहकारीहरूको भिडमा लरेन्स सहकारीले आफूलाई नमुना सहकारीका रूपमा स्थापित गरेको बताए । शिक्षामा क्षेत्रमा क्रियाशील अनुशासित व्यक्तिहरूको धेरै लगानी रहेको हुँदा संस्थाको हिसाब किताब सानो भए तापनि सुन्दर रहेको उल्लेख गरे । प्रचलित नियम कानुनहरूको पूर्ण पालना गर्दै मर्यादित ढंगले सञ्चालन गरिएको हुँदा सहकारीका सबै सूचकहरू राम्रो रहेको उनको भनाई थियो।

कार्यक्रममा आफ्नो धारणा राखेका सहकारीका उपाध्यक्ष ताराप्रसाद सुवेदीले सहकारीहरू बारे अनेक भ्रमहरू फैलिरहेको बताउँदै त्यस्ता भ्रमहरू चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले सहकारीले आर्थिक हिसाबमा आफूलाई दुरुस्त राख्नुपर्ने भन्दै सबै नीति नियम पनि पालना गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा सहकारीले उत्कृष्ट बचतकर्ता र असल ऋणीलाई पुरस्कृत समेत गरेको थियो।

१३ औँ वार्षिक साधारण सभा बाट सहकारीले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गरेको छ। मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार अब संस्थाको नेतृत्व तारा प्रसाद सुबेदीले गर्ने भएका छन्। त्यस्तै पुरुषोत्तम महर्जन उपाध्यक्ष, गणेश कुमार मिश्र सचिव र तेज तिमल्सिना कोषाध्यक्षका रूपमा चयन भएका छन्। सहकारीका सञ्चालकहरूमा विष्णुहरि न्यौपाने, गायत्री दंगाल ढकाल, नवराज भण्डारी, दिलमाया न्यौपाने खनाल र राजेशमान सिंह रहेका छन्। सहकारीले हिजै चयन गरेको लेखासुपरीक्षण समितिमा भने मुकुन्द ढुंगाना संयोजक, उज्ज्वल चरण सि र मञ्जु लामा सदस्य छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड