Matra Education आइतबार, साउन १० २०८३

युनाइटेड प्रि-स्कुलको क्रिसमस मेला सम्पन्न

युनाइटेड प्रि-स्कुलको क्रिसमस मेला सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, पौस १३ २०८०


काठमाडौँ- सातदोबाटो ललितपुरमा रहेको युनाइटेड प्रि-स्कुलले क्रिसमस मेला सम्पन्न गरेको छ। इसाई धर्मावलम्बीहरूले यशु ख्रिस्टको जन्मदिनमा मनाउने क्रिसमस चाडको अवसर पारेर डिसेम्बर २५ तारिखका दिन प्रि-स्कुलले मेलाको आयोजना गरेको थियो।

मेलामा बालबालिकाहरूले विभिन्न गतिविधिहरू गर्दै मनोरञ्जन गरेका थिए। साथै उनीहरूले क्रिसमस बारे आफूले जानेका कुराहरू साथीहरू माझ बाँड्ने काम पनि गरेका थिए। स्यान्टा क्लस बाट आश्चर्यजनक उपहारहरू पाउँदा बालबालिकाहरूको उत्साह अझै बढेको थियो।

मेलामा प्रस्तुत गरिएको प्रार्थना, विभिन्न प्रस्तुतिहरू र ज्ञानको आदानप्रदानले बालबालिकाहरूको सिकाई अझै मजबुत बनेको युनाइटेड प्रि-स्कुलले जनाएको छ। संस्थाले अन्य चाडपर्व तथा सांस्कृतिक अवसरहरूमा पनि यस्तै विभिन्न क्रियाकलापहरू गर्दै आएको छ।

युनाइटेड प्रि-स्कुल युनाइटेड एकेडेमी ग्रुप द्वारा सञ्चालित प्रि-स्कुल हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड