Matra Education बुधबार, कार्तिक ११ २०८३

शिक्षक सेवा आयोगले गर्‍यो माध्यमिक तहको शिक्षकका लागि विज्ञापन

शिक्षक सेवा आयोगले गर्‍यो माध्यमिक तहको शिक्षकका लागि विज्ञापन

  • मात्र एजुकेशन
  • आइतबार, पौस ८ २०८०


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।

आइतबार बिहान एक सूचना जारी गर्दै आयोगले शिक्षक सेवा आयोगको मिति २०८०/०९/०५ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त माग गरेको जनाएको हो।

आयोगको अनलाइन दरखास्त प्रणालीबाट मिति २०८०/०९/०८ गतेदेखि दरखास्त पेस गर्न पनि आयोगले सूचित गरेको छ। विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशित हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड