काठमाडौँ- काठमाडौँ महानगरपालिका भित्र सञ्चालित विद्यालयहरूलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न काठमाडौँ महानगरले चेतावनी दिएको छ।
शुक्रवार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका भित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाक बाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई सूचित गरेको हो ।
महानगरले यस्तो कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने जनाएको छ।
