काठमाडौँ- युनाइटेड कलेज अन्तर्गत युनाइटेड आइटी क्लबको आयोजनामा युनाइटेड आइटी क्विज सम्पन्न भएको छ। शुक्रवार कलेजको सभाहलमा आयोजित उक्त प्रतियोगितामा १३ वटा टोलीले सुरुवाती प्रतिस्पर्धा गरेका थिए। यी टोलीहरू बाट छानिएका अन्तिम ४ टोलीको प्रतिस्पर्धा बाट विजेता छनोट गरिएको हो।
पढाई सँगै अतिरिक्त क्रियाकलापलाई उतिकै महत्त्व दिँदै आएको कलेजले छिटै अन्तर-क्याम्पस आइटी क्विज प्रतियोगिता सञ्चालन गर्न लागेको र त्यसैको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको युनाइटेड कलेजका स्नातक तह कार्यक्रम निर्देशक महेश अर्यालले मात्र एजुकेसनलाई बताए। उनका अनुसार कलेजमा अध्ययन हुने विषय मध्ये आइटी एक महत्त्वपूर्ण विषय भएकाले आइटी क्विज आयोजना गरिएको हो। साथै पछिल्लो समय आइटीमा भएको विकासले थुप्रै नवीन अवसरहरू सिर्जना गरिरहेका कारण पनि आइटी चेतना बढाउन मद्दत पुग्ने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको हो।
आइटी क्षेत्र सँग सम्बन्धित आफ्नो ज्ञानको तह पत्ता लगाउन सकेको र यस क्षेत्र सँग सम्बन्धित विश्वभरका रोचक जानकारीहरू प्राप्त गर्न सकिएको भन्दै सहभागी विद्यार्थीहरूले आयोजकलाई धन्यवाद दिए।
कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।