काठमाडौँ- क्षेत्रपाटिमा रहेको ह्वाइटफिल्ड सेकेण्डरी स्कुलले आयोजना गरेको ‘ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिर जबाफको पाँचौँ संस्करण’ सुरु भएको छ। आइतबार विद्यालयको हलमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत प्रतियोगिताको सुरुवात गरिएको हो। अघिल्ला चार वटा संस्करणहरू सफलतापूर्वक सञ्चालन गरिसकेको स्कुलले आज बाट पर्सि २६ गते सम्म पाँचौँ संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागेको हो। । उपत्यकाव्यापी उक्त प्रतियोगितामा २३ विद्यालयहरूले भाग लिएका छन्।
ह्वाइटफिल्ड स्कुलकी संस्थापक प्रधानाध्यापक दुर्गा श्रेष्ठको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन गरिएको हो। त्यस्तै उक्त औपचारिक समारोहमा रक्तकाली एजुकेसन फाउन्डेसन (परिवर्तित नाम, ह्वाइटफिल्ड) का अध्यक्ष गोपाल कृष्ण श्रेष्ठ, ह्वाइटफिल्ड स्कुल/कलेजका प्रधानाध्यापक पारस श्रेष्ठ, विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै ह्वाइटफिल्ड स्कुल/कलेजका प्रधानाध्यापक पारस श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरे। उनले हाजिरजवाफ प्रतियोगिताका अघिल्ला संस्करणहरू सबैको भूमिकाका कारण सफल हुँदै आएको भन्दै त्यसका लागि विद्यालय परिवार आभारी रहेको बताए। हाल शिक्षामा विभिन्न परिवर्तनहरू भइरहेको हुँदा त्यस्ता परिवर्तन सँग समायोजन गर्नु आजको आवश्यकता भएको उनले बताए। श्रेष्ठले यस किसिमका कार्यक्रमहरूले विद्यालयहरूमा आपसी भाइचारा बढ्ने उल्लेख गरे । ७०% प्रश्नहरू पाठ्यक्रम भित्रबाट बनाइएको हुँदा कार्यक्रमको महत्त्व अझै बढेको बताएका उनले विज्ञान विषयको महत्त्व र प्रतियोगिताको सान्दर्भिकता बारे पनि चर्चा गरे।
कार्यक्रममा उपस्थित अतिथिलाई आयोजक विद्यालयका विद्यार्थीहरूले सुन्दर नृत्य तथा गायन मार्फत स्वागत गरेका थिए। त्यस्तै कार्यक्रम बारे ह्वाइटफिल्ड स्कुलकी संस्थापक प्रधानाध्यापक दुर्गा श्रेष्ठ, निर्णायक मण्डल प्रमुख सानुराजा महर्जन तथा ह्वाइटफिल्ड स्कुलका संस्थापक गोपाल कृष्ण श्रेष्ठले आ-आफ्नो धारणा राखेका थिए।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मानन्धरले ‘शिक्षा आजको आवश्यकता, स्वास्थ्य भोलिको आवश्यकता’ भन्ने नारा सहित काठमाडौँ महानगर शिक्षाको विकासका लागि लागिपरेको बताए। उनले शैक्षिक विकास अवलोकन गर्ने क्रममा विश्वका विभिन्न मुलुक पुगेको र हाम्रो मुलुकमा चलिरहेको शिक्षा परम्परागत शिक्षा प्रणाली रहेछ भन्ने निष्कर्ष आफूले निकालेको बताए। नेपाली शिक्षा प्रणाली पुराण जस्तो भएकाले त्यसको संशोधनका लागि लागिरहेको बताए। मानन्धरले अबको शिक्षा विद्यार्थीको सोच अनुसारको र २१ औ शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने चाहिने उल्लेख गरे । नेपालको अबको शिक्षा कृषि सँग जोडिएको, पर्यटन, सगरमाथा र बुद्ध बारे अध्ययन गर्ने किसिमको हुनुपर्ने भन्दै महानगरले शैक्षिक सुधारका लागि गरेका विभिन्न प्रयासहरू बारे जानकारी गराए । प्रतियोगिता मार्फत पनि विद्यार्थीको बौद्धिक विकासमा योगदान पुग्ने भन्दै उनले सफलताको शुभकामना दिए।
प्रतियोगिताबारे प्रस्ट पार्दै ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले आवश्यक जानकारी तथा नियमहरू बारे अवगत गराएपछि कार्यक्रमकी सभापतिले प्रतियोगिताको सुरुवात भएको घोषणा गरेकी थिइन्।
विगतदेखि नै विज्ञान हाजिरजवाफ फरक किसिमले गर्दै आएको विद्यालयले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको थियो । आजै सुरु भएको प्रतियोगितामा सहभागी कुल २३ विद्यालय पहिलो चरणमा ‘स्क्रिनिङ’ राउन्डमा सहभागी भएका थिए। यो एक किसिमको बहु-वैकल्पिक प्रश्न भएको लिखित परीक्षा बाट ३ टोली बाहिरिए सँगै छनोट भएका २० विद्यालयले मात्रै भोलि आयोजना हुने सेमिफाइनल राउन्डमा सहभागिता जनाउनेछन्। सेमिफाइनलका लागि ४ समूहमा प्रतियोगीहरूलाई विभाजन गरिनेछ। प्रत्येक समूहका विजेताले मात्रै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् र अन्तिम प्रतिस्पर्धा यिनै ४ समूहबिच आगामी २६ गते हुनेछ।
यी हुन् सेमिफाइनलका लागि छनोट भएका विद्यालयहरू:
