काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रमको सूची प्रकाशित गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि करार योग्यताक्रम सूची प्रकाशन गरिएको जनाएको हो।
आयोगको मिति २०८०/०८/१८ गतेको निर्णयअनुसार सुची प्रकाशित गरिएको हो। यहाँ क्लिक गरेर सुची हेर्न सक्नुहुनेछ।