काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुलाएको छ।
बुधवार एक सूचना जारी गर्दै बोर्डले रजिस्ट्रेसन आवेदन फाराम बापत बोर्डमा बुझाउनुपर्ने रकम २०८० पौष १५ गतेसम्म विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु.४००/-) बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीहरूको हकमा २०८० पौष मसान्तभित्र विलम्ब शुल्क सहित (प्रति विद्यार्थी रु. ८००) का दरले हुन आउने रकम दाखिला गरी मिति २०८० माघ १५ गतेभित्र सम्बन्धित विद्यालयहरूले बैंक भौचर र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाई सक्नुपर्ने जनाएको छ ।
अनलाइन प्रविष्टि (Entry) गर्नका लागि बोर्डको वेबसाइट मिति २०८० मङ्सिर २० गतेबाट खुला गरी २०५० माघ १४ गते बन्द गरिने भएकोले सोही अनुसार समयमै रजिस्ट्रेसन फारामको अनलाइन प्रविष्टि गर्न बोर्डले सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरेको छ ।
