Matra Education आइतबार, साउन १० २०८३

त्रिविमा जुनसुकै विषयमा स्नातक गरेकाले अंग्रेजी विषयमा स्नातकोत्तर पढ्न पाउने

त्रिविमा जुनसुकै विषयमा स्नातक गरेकाले अंग्रेजी विषयमा स्नातकोत्तर पढ्न पाउने

  • मात्र एजुकेशन
  • बुधबार, मंसिर १३ २०८०


काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अब जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीलाई पनि स्नातकोत्तरमा अंग्रेजी विषय पढ्न दिने भएको छ ।

अंग्रेजी विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले जुनसुकै विषयबाट स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।

बिहिबार विभागीय प्रमुख तथा प्रा.डा. जीवलाल सापकोटाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता भएको व्यक्तिले अंग्रेजी विषय स्नातकोत्तर तहको प्रवेश योग्य हुने जानकारी दिएका हुन् ।

यसअघि त्रिविमा नेपाली विषयमा पनि जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तर पढ्न पाउने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड